आइतवार , पौष २७, २०८२
जताततै मेरै चर्चा
भित्र चर्चा बाहिर चर्चा
लाग्दैन चर्चामा खर्च
दायाँ हेर्छु मेरै चर्चा
बायाँ पनि उस्तै ।।।।।
अरूको त नामै छैन
किन यति धेरै
शब्द बाणहरू तिखा काँडहरू रु
के म यति धेरै कुलंगार हो त रु
अरूले भने जस्तै रु
झोलामा किताब छ
देशको इतिहास छ
गरीबका सपना छन्
भविष्यका योजना पनि
तै पनि झोले झोले
भनेका छन् ।।।
तिमी कहाँ छौ रु थाहा छ रु
दुई जाँघको बिचमा
उकुसमुकुस भएर
बाहिर आउने कोशिषमा
सबैले लाउनैपर्ने
अनिवार्य कट्टु बनेर ।।।।।
कट्टुको हैसियत छैन
झोला बोक्नेलाई झोले भन्ने
थाहा छ तिमीले के बोकेका छौ रु
आफैं मम गर ।।।।।
बाहिरबाट आउँदा
म थपक्क किल्लामा
या टेबलमा रहन्छु
साना नानीहरूले
भविष्यको चित्र कोर्नु
मलाई खोल्छन् सपना सुनौलो बनाउँछन् १
बिद्धानहरूले आफ्ना भावि योजना कोर्छन्
तिमी उकुसमुकुस भएर बस्छौ
कहिले नुहाउँछ
भन्ने प्रतिक्षामा १
गन्ध र दुर्गन्छले
कुनामा फ्याकिदिन्छन्
या घोटि घोटि नुहाइदिन्छन्
दुई जाँघको बिचमा
त्यो अन्धकारमा
संसार तिम्रा त्यही न हो
मालिकको आदेशबिना
केही गर्न नसक्ने
हुतिहारा तिमी
अझै झोले झोले भन्छौ रुरुरुरु
उन्मुक्त भावले म झोल्लिएर हिंडेको
तिमीलाई डाहा होला
कहिले साना नानीहरूको बुई चढेर
कहिले विद्वान, वैज्ञानिक र
दार्शनिकको काँधमा
हो तिमी पनि मसँगै छौ
नष्पट्ट अन्धकार
दुई जाँघको बिचमा
तिम्रो त्यहीं बास छ सधैं
म झोला
झोला बोक्ने सँग
संसार बिचरण गर्छु
के गर्छौ कट्टु रु
नियति आफ्नो आफ्नो हो
अब मलाई झोले झोले भनेर
न होच्याउ
कट्टु भएर बाँच्नु परेको पीडा
म माथि नपोख
कट्टु नै भएर चुपचाप बस ।।।।।।।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij