२०८२, पौष ३० गते

Jan 14 2026 | २०८२, पौष ३० गते

सबैको सहयोगबाट कोरोनाविरुद्धको लडाई जितिन्छ : मुख्यमन्त्री पोखरेल

बिहिवार , बैशाख १६, २०७८

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • भैरहवा, १६ वैशाख ।
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सबैको सहयोग र प्रयासबाट कोरोनाविरुद्धको लडाई जितिने बताएका छन् । उनले कोरोना नियन्त्रण र उपचारमा प्रदेश सरकार सम्पूर्ण रुपमा केन्द्रीत भएको बताए ।

    लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको बिहीबार बैठक राखेका मुख्यमन्त्री पोखरेलले कोरोना नियन्त्रणका लागि निषेधाज्ञा र लकडाउन गरिएकाले त्यसको प्रभावकारी कार्यान्वयनको लागि सबैले सकारात्मक भूमिका खेल्न आग्रह गरे । बैठकमा मुख्यमन्त्री पोखरेलले कोरोना नियन्त्रण र उपचारमा लुम्बिनी प्रदेश सरकारले गरेका कामबारे जानकारी गराएका थिए । 

    बैठकमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकाल, नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दीन खान, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक तुलाराम घर्ती, प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री बैजनाथ चौधरी, आन्तरिक मामिला, स्वास्थ्य तथा जनसंख्या मन्त्री लिला गिरी, भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेय, भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय बहादुर यादव र शिक्षा तथा सामाजिक विकास मन्त्री कल्पना पाण्डेको सहभागिता रहेको थियो ।

    बैठकमा सहभागी दलका नेताहरुले अब गर्नुपर्ने कामबारे सुझाव दिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर के.सी.ले बताए ।