images
images

बिहिवार, जेठ ३ गते २०८१

रुपन्देहीमा थप ४४७ जनामा कोरोना संक्रमण पुष्टि

रुपन्देहीमा थप ४४७ जनामा कोरोना संक्रमण पुष्टि

images
images
images
बिहिवार, बैशाख १६ २०७८
बिहिवार, बैशाख १६ २०७८
  • रुपन्देहीमा थप ४४७ जनामा कोरोना संक्रमण पुष्टि

    भैरहवा, १६ वैशाख । 
    पछिल्लो २४ घण्टामा रुपन्देहीमा थप ४ सय ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणका कारण रुपन्देहीमा थप ६ जनाको मृत्यु भएको छ । 

    images
    images
    images

    स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा सक्रिय संक्रमितको संख्या २ हजार ५ सय ५२ जना पुगेको छ । त्यस्तै जिल्लामा कुल संक्रमितको संख्या १२ हजार ५८ पुगेको छ । रुपन्देहीमा हालसम्म १८७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । त्यसै गरी जिल्लामा ९ हजार ३ सय १९ संक्रमित निको भएका छन् ।

    कुन पालिकामा कति संक्रमित थपिए ?

    पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा १८७, तिलोत्तमा नगरपालिकामा १०४, सिद्धार्थनगर नगरपालिकामा ५७, सैनामैनामा नगरपालिकामा २८ र देवदह नगरपालिकामा २५ जना कोरोना संक्रमित थपिएका छन् ।
    त्यस्तै सियारी गाउँपालिकामा ७, गैडहवा गाउँपालिकामा ३, मायादेवी र शुद्धोधन गाउँपालिकामा ९/९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

    त्यसै गरी ओमसतिया गाउँपालिकामा ८, कञ्चन गाउँपालिकामा ४, लुम्बिनी सांस्कृतिक नगरपालिका र कोटहीमाई गाउँपालिकामा २/२, रोहिणी र मर्चवारी गाउँपालिकामा १/१ जना कोरोना संक्रमित थपिएका छन् ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij