२०८२, पौष २९ गते

Jan 13 2026 | २०८२, पौष २९ गते

१५० जना विद्यार्थीलाई न्यानो कपडा वितरण

मंगलवार , पौष २९, २०८२

  • 244
    Shares
  • 244
    Shares
  • भैरहवा, २९ पुस । लायन्स क्लब अफ सिद्धार्थनगर युथले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–११ स्थित श्री भुजौली आधारभूत विद्यालयमा १५० जना विद्यार्थीहरुलाई कपडा वितरण गरिएको क्लबका तृतीय उपाध्यक्ष सचिन्द्र तुलाधरले बताउनुभयो ।

    सोमबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी ट्रयाकसुट र विनचिटर वितरण गरिएको कार्यक्रम संयोजक तथा क्लबका कोषाध्यक्ष विरेन्द्र ज्ञवालीले बताउनुभयो । जाडोयाममा केही भए पनि सहयोग पुयोस् भन्ने उद्देश्यले यो कार्यक्रम गरिएको ज्ञवालीले बताउनुभयो ।

    विद्यालयको आवश्यकता अनुसार सेवा गर्न पाउँदा खुसी लागेको क्लबको वर्ष २०२५/०२६ का अध्यक्ष युवराज श्रेष्ठले बताउनुभयो । उहाँले आगामी दिनमा पनि विद्यालयमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ (पी), नेपालका पूर्व डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले आगामी दिनमा पनि क्लबले आवश्यक ठाउँमा सेवाका हातहरु अगाडि बढाउँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

    सिद्धार्थनगर नगरपालिका–११ का वडाअध्यक्ष दिलिप कुमार यादवले सामाजिक काम गर्ने क्लबप्रति आभार व्यक्त गर्नुभयो ।

    त्यस्तै लायन्स डिष्ट्रिक एलसीआईएफ कोर्डिनेटर तथा लायन्स सिद्धार्थनगर युथका संस्थापक अध्यक्ष अर्चित श्रेष्ठले विद्यालयमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

    IMG_7125.JPG

    विद्यालयको प्रधानाध्यापक राधा आचार्यले विपन्न परिवारकै बालबालिका अध्ययनरत रहेको यो विद्यालयमा लायन्स क्लब अफ सिद्धार्थनगर युथले कार्यक्रम गरेको भन्दै क्लबप्रति आभार व्यक्त गर्नुभयो । लायन्स सिद्धार्थनगर युथका सचिव विराट गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।