२०८२, पौष ३० गते

Jan 14 2026 | २०८२, पौष ३० गते

‘निर्वाचन प्रहरी’ बन्न जेन जी पुस्ताको भिड, रोजगारीदेखि देशको सेवा गर्ने हुटहुटी

बुधवार , पौष ३०, २०८२

  • 178
    Shares
  • 178
    Shares
  • भैरहवा, ३० पुष । आसन्न प्रतिनिधि सभा निर्वाचनको शुरक्षाको लागि खटिने निर्वाचन प्रहरी बन्नका लागि युवाहरुको भिड लागेको छ । निर्वाचन प्रहरीका लागि आवेदन दिने युवाहरुको देशैभरका प्रहरी कार्यालयमा भीड लागेको हो । निर्वाचन प्रहरी बन्न आएका मध्ये धेरैले छोटो समयका लागि भएपनि रोजगारी प्राप्त गर्दै देशको सेवा गर्ने उद्धेश्यले आएको बताएका छन् । 

    रुपन्देहीको सैनामैना नगरपालिका मुर्गियाबाट निर्वाचन प्रहरीका लागि आवेदन दिन आउनु भएकी रोषनी पुन मगरले छोटै समयकै लागि भएपनि स्वरोजगार बन्ने भएकाले निवेदन दिएको बताउनु भयो । ‘घर बसेर बेरोजगार भएर के गर्ने हो र, दुई तिन महिनालाई भएपनि रोजगारी पाईएला कि भनेर आएकी हुं, उहाँले भन्नुभयो त्यसका साथसाथै देशको सेवा पनि गर्न पाईने ।’

    मगर जस्तै बुटवल १२ नयाँ गाउँ बस्दै आउनु भएका सुदीप कुंवरले प्रहरीको बर्दी लगाएर देशको सेवा गर्ने सोचले निर्वाचन प्रहरी बन्न आएको बताउनु भयो । उहाँले भन्नुभयो ‘पहिले देखि नै प्रहरी बन्ने धोका थियो, एक दुई पटक भर्ति हुन भनेर पनि गएको थिए, तर बन्न सकिएन, यस पटक निर्वाचन प्रहरी भएर बर्दि लगाउने सोच छ । देशको सेवा गर्दै रोजगारी पाईने भएपछि प्रहरी बन्नका लागि आएको हुं ।’ 

    त्यस्तै सियारी ७ हिरागंजबाट निवेदन दिन आउनु भएका प्रविण पराजुलीले घर आर्थिक अबस्था कमजोर भएकाले आएको बताउनु भयो ।

    सैनामैना नगरपालिका मुर्गियाकी पुजा पुन मगरले पनि देशको सेवा गर्ने सोचले प्रहरीमा भर्ना आएको बताउनु भयो । उहाँले घरमा यत्तिकै खाली बस्नु भन्दा केहि महिना भएपनि रोजगारी पाउनु भएपछि निर्वाचन प्रहरी बन्नका लागि निवेदन दिएकी छु, हेरौं छनौट भएभने पैसा कमाएर घरपरिवारलाई खुसी दिदै देशको सेवा गर्ने सोच रहेको बताउनु भयो । 

    आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल प्रहरीले आफू मातहत परिचालन हुने गरि एक लाख ३३ हजार ९ सय निर्वाचन प्रहरीका लागि भर्ना खुलाएसँगै आवेदन दिनेहरूको भीड लागेको छ । 

    पुष २५ गते शुक्रबार कार्यलय समयदेखि आवदेन खुल्ला गरिएसंगै निर्वाचन प्रहरीका लागि दर्खास्त बुझाउनेहरूको भीड लागेको छ । पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ४ हजार १९ जना निर्वाचन प्रहरी माग गरिएको छ ।

    शुक्रबारबाट शुरु भएको दरआस्त आब्हानमा मंगलबार साझ सम्ममा झण्डै पाँच जनाले दर्खास्त दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । निर्वाचन प्रहरीका लागि जेन जी पुस्तादेखि पुर्व शुरक्षाकर्मी सम्मको भिड लागेको छ ।

    ppp.jpg
    निर्वाचन प्रहरी बन्नका लागि फाइल लिएर लाइन बस्दै गरेका युवतीहरु। 

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक सुरज कार्कीका अनुसार निर्वाचन प्रहरीका लागि जेन जी पुस्ताको उल्लेख्य सहभागिता रहेको छ । निर्वाचन प्रहरी बन्नका लागि युवा युवति दुबैको भिड बढ्दो छ । नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीका रिटायर्ड प्रहरी, आचरण ठिक भएका पुर्व म्यादी प्रहरी र बिदेशका शुरक्षा निकायमा काम गरेकाहरु छनौटको प्राथमिकतामा रहेको प्रहरी नायव उपरिक्षक कार्कीले उल्लेख गर्नुभयो । उहाँले निर्वाचन प्रहरी छनौटका लागि पनि अन्य प्रहरी छनौट हुँदा जस्तै स्वास्थ्य जाँच, तन्दुरुस्ती जाँच सहित लिखित र अन्तर्वाताबाट उत्तिण हुनु पर्ने बताउनु भयो । 

    प्रहरी प्रधान कार्यालयले निकालेको सुचना अनुसार १८ बर्षदेखि ५४ बर्ष उमेर भित्रका नागरिकले निर्वाचन प्रहरीका लागि आवेदन दिन सक्ने छन् । निर्वाचन प्रहरीका बन्नका लागि आवेदन दिने समय माघ १ गते सम्मका लागि तोकिएको छ । 

    नियमिततर्फका सुरक्षाकर्मीबाट जनशक्ति अपुग भएपछि सरकारले नेपाल प्रहरीमार्फत १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरीमार्फत १५ हजार १ सय १० जनशक्तिलाई ४० दिनको अवधि तोकेर ‘निर्वाचन प्रहरी’ का रूपमा छनोट गरी परिचालन गर्न लागेको हो ।