२०८२, पौष ३० गते

Jan 14 2026 | २०८२, पौष ३० गते

पवनकुमार सेठिया स्मृति क्रिकेटः टी–२० सिरिज पनि रूपन्देहीको पोल्टामा

बुधवार , पौष ३०, २०८२

  • 145
    Shares
  • 145
    Shares
  • भैरहवा, ३० पुस । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’ अन्तर्गत टी–ट्वान्टी सिरिज पनि रुपन्देही–११ ले आफ्नो पोल्टामा पारेको छ । बुधबार सिरिजको दोस्रो खेलमा रुपन्देहीले त्रिभुवन आर्मी क्लब ‘ए’ लाई ६ विकेटले पारजित गर्दै सिरिज पक्का गरेको हो । 

    मंगलबार पहिलो खेलमा रुपन्देही २६ रनले विजयी भएको थियो । यसअघि रुपन्देहीले आर्मीविरुद्ध दुई दिवसीय टेष्ट र एकदिवसीय सिरिज क्लिनस्वीप गरिसकेको छ ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जीतका लागि पाएको १ सय १८ रनको लक्ष्य रुपन्देहीले १७ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । उसको जीतमा आकाश त्रिपाठीले अविजित ३९, सन्दीप मौर्यले २४, आरिफ खानले १८, सन्दीप रजालीले १५ र विजय प्रजापतिले नटआउट १२ रनको योगदान गरे । बलिङमा आर्मीका जितेन्द्रसिंह ठुकरी र प्रेम गुरुङले २–२ विकेट लिए ।

    यसअघि टस जितेर ब्याटिङ गरेको आर्मीले सबै विकेट गुमाएर १ सय १८ रनको मध्यम योगफल खडा गरेको थियो । उसका लागि निर्मल शाहीले ४०, लक्ष्मण परियारले २१, प्रदीप पेलाले २० र जितेन्द्र सिंह ठकुरी १० रन बनाए । बलिङमा रुपन्देहीका विष्णु कटरिया, आकाश त्रिपाठी र इकलाख अहमद वारिसले समान २–२ विकेट लिए । आकाश त्रिपाठी प्लेयर अफ द म्याच भइ २ हजार रुपैयाँ प्राप्त गरे । सिरिजको अन्तिम खेल बिहीबार हुने प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

    नेपालमै पहिलोपटक तीनवटा फम्र्याटमा दुई टीमबीच प्रतिष्पर्धा भइरहेको हो । प्रतियोगितालाई भैरहवाका व्यवसायी हरिश सेठिया र सुनिल सेठियाले आफ्ना बुवा स्वर्गीय पवन कुमार सेठियाको स्मृतिमा मुख्य प्रायोजन गरेका छन् । 

    प्रतियोगितामा विजेता टीमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द सिरिजले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यी दुवै पुरस्कार लुम्बिनी नेत्रालय प्रा.लि., भैरहवाले प्रायोजन गरेको छ ।