२०८२, माघ ३ गते

Jan 17 2026 | २०८२, माघ ३ गते

रुपन्देहीमा निर्वाचन प्रहरीका लागि साढे ६ हजार बढीको आवेदन

शनिवार , माघ ३, २०८२

  • 226
    Shares
  • 226
    Shares
  • भैरहवा, ३ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरीमा भर्ना हुन रुपन्देहीमा साढे ६ हजार बढीको आवेदन परेको छ । जिल्लामा ४ हजार १९ जना निर्वाचन प्रहरीका लागि आवेदन खुलेको थियो ।
    २०८२ पुस २५ देखि माघ १ गतेसम्म रुपन्देही जिल्लामा ६ हजार ८ सय १४ जनाले आवेदन पेश गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीका अनुसार नेपाल प्रहरीतर्फ ४ हजार ८ सय ३७ पुरुष र १ हजार ४ सय १२ जना महिला गरी ६ हजार २ सय ४९ जनाले आवेदन पेश गरेका छन् । त्यस्तै सशस्त्र प्रहरी बलतर्फ ४ सय ९१ पुरुष र ७४ जना महिला गरी ५ सय ६५ जनाले आवेदन पेश गरेका छन् ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षाको व्यवस्था मिलाइएको बताउनुभयो । उम्मेदवार, कर्मचारी र निर्वाचनमा खटिने सम्पूर्ण सरोकारवाला, व्यक्तिहरुको सुरक्षाको सम्पूर्ण प्रबन्ध गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले निर्वाचन सफल बनाउन सहयोग गरिदिन सबैलाई आग्रह गर्नुभयो ।

    प्रतिनिधि सभातर्फ रुपन्देहीमा पाँचवटा निर्वाचन क्षेत्र छन् ।