२०८२, माघ ३ गते

Jan 17 2026 | २०८२, माघ ३ गते

जय बागेश्वरी बहुमुखी सहकारीद्वारा कम्बल वितरण

शनिवार , माघ ३, २०८२

  • 229
    Shares
  • 229
    Shares
  • भैरहवा, ३ माघ । श्री जय बागेश्वरी बहुमुखी सहकारी संस्था लिमिटेड, सिद्धार्थनगर, रुपन्देहीले बिहीबार भैरहवामा कम्बल वितरण तथा खिचडी खुवाउने कार्यक्रम गरेको छ । मकर संक्रान्तिको पावन अवसरमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत शेयर सदस्यहरूलाई कम्बल वितरण तथा खिचडी खुवाउने कार्यक्रम गरेकोे हो ।

    कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष अशोक कुमार साहले सहकार केवल आर्थिक कारोबारमा सीमित नभई सामाजिक सेवामा पनि अग्रसर हुँदै आएको बताउनुभयो । उहाँले कम्बल वितरण तथा खिचडी खुवाउने पहिलोपटक आयोजना भएको र आगामी वर्षमा स्वास्थ्य शिविर समेत आयोजना गरिने बताउनुभयो ।

    संस्थाका सल्लाहकार राजेश कुमार श्रीवास्तवले यस किसिमका कार्यक्रमले सहकारीप्रतिको भरोसा अझ बढने भएकोले यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जानुपर्नेमा जोड दिनुभयो ।

    संस्थाका निवर्तमान अध्यक्ष दशरथ कुमार भक्तले सहकारी अभियानलाई जीवन्त बनाइराख्न सबै सदस्यको सक्रिय भूमिका आवश्यक हुने धारणा राख्नुभयो । संस्थाका कोषाध्यक्ष सियाराम यादवले सहकारीको आर्थिक अवस्था मजबुत बन्दै गएको र त्यसको प्रतिफल सामाजिक क्षेत्रमा लगानी गर्न सफल भएको बताउनुभयो । 

    सचिव अमर कुमार झाले संस्थाका गतिविधि पारदर्शी र सदस्यकेन्द्रित रहेको उल्लेख गर्दै भविष्यमा अझ प्रभावकारी सामाजिक कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

    संस्थाका ऋण उपसमिति सदस्य अशोक कुमार जयसवालले सहकारीले आर्थिकसँगै सामाजिक सशक्तिकरणमा पनि भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो । 

    कार्यक्रममा स्वागत मन्तव्य राख्दै संस्थाका उपाध्यक्ष अबिनाश चन्द जयसवालले संस्थाले स्थापनाकालदेखि नै सामाजिक तथा मानवीय सेवामा योगदान दिँदै आएको उल्लेख गर्नुभयो ।