२०८२, माघ ४ गते

Jan 18 2026 | २०८२, माघ ४ गते

रुपन्देहीमा ६ लाख ७२ हजार ५ सय २३ मतदाता

आइतवार , माघ ४, २०८२

  • 187
    Shares
  • 187
    Shares
  • भैरहवा, ४ माघ । रुपन्देही जिल्लामा ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता रहेका छन् । जिल्लामा ३ लाख २६ हजार ३ सय ११ महिला, ३ लाख ४६ हजार २ सय ३ पुरुष र ९ अन्य गरी ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता रहेको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिनुभयो ।

    प्रतिनिधि सभातर्फ रुपन्देहीमा पाँचवटा निर्वाचन क्षेत्र छन् । रुपन्देही क्षेत्र नम्बर १ मा १ लाख ४६ हजार ८ सय २४, २ मा १ लाख ३५ हजार ५०, ३ मा १ लाख ४० हजार ३५, ४ मा १ लाख १६ हजार १ सय ७२ र क्षेत्र नम्बर ५ मा १ लाख ३४ हजार ४ सय ४२ जना मतदाता छन् । रुपन्देहीमा २०९ मतदान स्थल र ७३२ वटा मतदान केन्द्र रहेका छन् ।
    फागुन २० गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा मतदान गर्न पाउने मुख्य निर्वाचन अधिकृत बस्नेतले जानकारी दिनुभयो ।

    आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रुपन्देही जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालले बताउनुभयो ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलले फागुन २१ हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको बताउनुभयो । उम्मेदवार, कर्मचारी, निर्वाचनमा खटिनुहुने सम्पूर्ण सरोकारवाला, व्यक्तिहरुको सुरक्षाको सम्पूर्ण प्रबन्ध गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले निर्वाचन सफल बनाउन सहयोग गरिदिन सबैलाई आग्रह समेत गर्नुभयो ।