images

बिहिवार, बैशाख २० गते २०८१

रामग्राम नगरपालिकाद्वारा परासी बजारका किराना पसलहरुको अनुगमन 

रामग्राम नगरपालिकाद्वारा परासी बजारका किराना पसलहरुको अनुगमन 

म्याद गुज्रेका वस्तु नष्ट

images
images
images
शुक्रवार, बैशाख १७ २०७८
शुक्रवार, बैशाख १७ २०७८
  • रामग्राम नगरपालिकाद्वारा परासी बजारका किराना पसलहरुको अनुगमन 

    परासी, १७ वैशाख । 
    नवलपरासीको रामग्राम नगरपालिकाले परासी बजारको अनुगमन गरेको छ । नगर उपप्रमुख रम्भा कुंवरको संयोजकत्वमा पालिकामा गठित उपभोक्ता हकहित संरक्षण समितिको सिफारिसमा नगरपालिकाको अनुगमन समितिले बजारको दर्जन बढी किराना पसलहरुको अनुगमन गरेको हो ।

    images
    images
    images

    कोभिड–१९ को महामारीको अवसर छोपी केही व्यवसायीले विभिन्न सरसमानको कालोबजारी गर्न सक्ने, बढी मुल्यमा सामान बेच्न तथा म्याद गुज्रेको सरसामान बेच्न सक्ने सम्भावना बढी देखिएकोले नगरपालिकाको अनुगमन समितिले शुक्रबार बजार अनुगमन गरेको हो । 

    अनुगमन समितिले किराना पसलहरुमा मात्र छडके अनुगमन गरेको हो भने शनिबार अनुगमनलाई कार्यलाई निरन्तता दिदै फरकफरक प्रकृतिका पसलहरुको पनि अनुगमन गरिने अनुगमन समिति संयोजक रम्भा कुंवरले जानकारी दिएन् । अुनगमनमा पसल तथा व्यवसायको दर्ता र नवीकरण, वस्तुहरुको म्याद, मुल्य सूची, खरीद विक्रीको बिलबिजक र कर तिरे/नतिरेको विषयलाई केन्द्रित गरी अनुगमन गरिएको  कुंवरले जानकारी दिइन् । अखाद्य वस्तु विक्री गरी उपभोक्ताहरुको स्वास्थ्यसंग खेलवाड नगर्न र महामारीको अवसर छोपी सरसामानको कालोबजारी समेत नगर्न व्यवसायीहरुलाई उनले आग्रह गरिन् ।

    बजार अनुगमनमा नगर उपप्रमुख एवं अनुगमन समितिका संयोजक रम्भा कुँवर, रामग्राम नगरपालिका आर्थिक विकास शाखा प्रमुख निर्मला पोख्रेल, पशु शाखा प्रतिनिधि गोविन्द पौडेल, जिल्ला प्रशासन कार्यालय प्रतिनिधि अशोक श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद पाण्डे, घरेलु तथा साना उद्योग कार्यालय प्रतिनिधि मनोज कुमार चौधरी, उद्योग वाणिज्य संघका महासचिव गिरीराज पाण्डे, उपभोक्ता हकहित संरक्षण मंचका केन्द्रिय सदस्य रामजी ज्ञवाली, मंचका नगर अध्यक्ष यम कुमारी सुवेदी र जिल्ला प्रहरी तथा नगर प्रहरीको टोली रहेको आर्थिक विकास शाखा प्रमुख निर्मला पोख्रेलले जानकारी दिइन् ।

    अनुगमनमा समितिले विभिन्न पसलहरुबाट म्याद गुज्रेको बिस्कुट, मसला, फेन्टा, मजा, ब्रेड र जंकफुडका आइटमहरु बरामद गरी नष्ट पनि गरेको छ । त्यस्तै अनुगमनमा दर्ता नभएको पसलहरुलाई दर्ता गराउन, नवीकरण नभएकालाई नवीकरण गराउन, मुल्य सूची तोक्न, अखाद्य वस्तु विक्री वितरण नगर्न बिलबिजक सुरिक्षत गर्न र सामाजिक दुरी समेत कायम गराई सामान विक्री वितरण गर्न समितिले आग्रह समेत गरेको छ । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij