२०८२, माघ ५ गते

Jan 19 2026 | २०८२, माघ ५ गते

सगरमाथा–लुम्बिनी जलवायु पहल २०२६ सोलुखुम्बुमा शुभारम्भ

सोमवार , माघ ५, २०८२

  • 190
    Shares
  • 190
    Shares
  • भैरहवा, ५ माघ । लुम्बिनी वल्र्ड पिस फोरम (एलडब्लुपीएफ) ले विश्व हिउँ दिवसको अवसर पारेर सोलुखुम्बुको पत्तालेमा सगरमाथा–लुम्बिनी जलवायु पहल २०२६ को औपचारिक शुभारम्भ गरेको छ । यो शुभारम्भसँगै सोलुखुम्बको नेचासल्यान गाउँपालिकासँगको सहकार्यमा वातावरणीय सरसफाई, वृक्षरोपण तथा सामुदायिक सचेतना कार्यक्रमहरू समेटिएको एकवर्षे जलवायु कार्ययोजना प्रारम्भ भएको छ ।

    नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बिना राईसहित, वडाध्यक्षहरू तथा स्थानीय जनप्रतिनिधिहरूको सहभागीता थियो । कार्यक्रमले जस्थानीय तहको बलियो नेतृत्व र संस्थागत प्रतिबद्धता झल्काएको एलडब्लुपीएफका संस्थापक तथा अध्यक्ष बासु गौतले बताउनुभयो ।

    एलडब्लुपीएफले सन् २०१९ देखि १ मिलियन वृक्षरोपण तथा संरक्षण पहल अभियान सञ्चालन गरेको छ । यो अभियानले जरा तहमा आधारित जलवायु कार्य र वातावरणीय संरक्षणप्रतिको दीर्घकालीन प्रतिबद्धता स्पष्ट एलडब्लुपीएफले जनाएको छ ।

    कार्यक्रममा एलडब्लुपीएफले वर्ष २०२६–२०२७ अवधिमा सोलुखुम्बु जिल्लाभरी ८ हजार ८ सय ४८ बिरुवा रोप्ने योजना सार्वजनिक गरेको छ । यसका साथै जलवायु सहनशीलता अभिवृद्धि, वातावरण संरक्षण प्रवद्र्धन तथा दिगो विकासलाई केन्द्रमा राखी संरचित सामुदायिक सचेतना तथा सहभागीतामूलक कार्यक्रमहरू सञ्चालन गरिने गौतमले जानकारी दिनुभयो ।

    WhatsApp Image 2026-01-18 at 9.06.23 PM.jpeg

    यस क्षेत्रमा जलवायु कार्यलाई अघि बढाउन सहयोग र साझेदारी प्रदान गरेकोमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडप्रति एलडब्लुपीएफले आभार व्यक्त गरेको छ ।

    WhatsApp Image 2026-01-18 at 9.06.24 PM.jpeg