२०८२, माघ ५ गते

Jan 19 2026 | २०८२, माघ ५ गते

चिलीको वन डढेलोमा परी मृत्यु हुनेको संख्या १८ पुग्यो

सोमवार , माघ ५, २०८२

  • 154
    Shares
  • 154
    Shares
  • काठमाडौं,५ माघ । चिलीका राष्ट्रपति ग्याब्रिएल बोरिकले देशको मध्य–दक्षिणी क्षेत्रमा विनाश निम्त्याइरहेको वन डढेलोका कारण मृत्यु हुनेको संख्या १८ पुगेको र यो संख्या अझै बढ्ने सम्भावना रहेको बताउनुभएको छ ।

    सान्टियागोबाट करिब ५०० किलोमिटर दक्षिणमा रहेको बायोबियो क्षेत्रको कन्सेप्सनमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले अहिलेसम्म १८ जनाको मृत्यु भएको पुष्टि गर्नुभयो । यो संख्या बढ्ने बताउनु भयो ।

    प्रारम्भिक अनुमानअनुसार बायोबियोमा मात्रै करिव ३ सय घरहरू ध्वस्त भएका छन् । अन्तिम क्षति १ हजार घरभन्दा बढी हुनसक्ने चेतावनी दिइएको छ । पेन्को, नासिमिएन्टो र लाजा जस्ता नगरपालिकाहरूमा कफ्र्यु आदेश जारी गरिएको छ ।

    राष्ट्रिय वन निगमकाअनुसार हाल १४ वटा डढेलो रेड अलर्ट अन्तर्गत सक्रिय छन् भने देशभर २४ हजार हेक्टरभन्दा बढी क्षेत्रफल डढेलोले सखाप पारेको छ । यस विपद्को सामना गर्न राष्ट्रपति बोरिकले नुब्ले र बायोबियो क्षेत्रमा संकटकालको घोषणा गरेका छन् ।