२०८२, भाद्र ७ गते

Aug 23 2025 | २०८२, भाद्र ७ गते

रुपन्देहीमा थप ४५९ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रवार , बैशाख १७, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, १७, वैशाख । 

    पछिल्लो २४ घण्टामा रुपन्देहीमा थप ४ सय ५९ जनामा कोराना भाईरस संक्रमण पुष्टि भएको छ।

    कोरोना भाईरस संक्रमणका कारण रुपन्देहमिा थप ४ जनाको मृत्यु भएको छ। हाल रुपन्देहीमा सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ३० जना पुगेको छ।

    त्यस्तै जिल्लामा कुल संक्रमितको संख्या १२ हजार ५ सय १७ पुगेको छ। हालसम्म रुपन्देहीमा १ सय ९१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। त्यसै गरी जिल्लामा ९ हजार ३ सय ९६ संक्रमित निको भएका छन्। 

    कुन पालिकामा कति कोरोना संक्रमित थपिए ?

    पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा २ सय १६, तिलोत्तमा नगरपालिकामा ८७, सिद्धार्थनगर नगरपालिकामा ७३, देवदह नगरपालिकामा २०, सैनामैना नगरपालिकामा १६,  जना कोरोना संक्रमित थपिएका छन्।

    यस्तै मायादेवी, कञ्चन, शुद्धोधन गाउँपालिकामा  ८/८ जना, सियारी र ओमसतिया गाउँपालिकामा ७/७ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ। 

    यस्तै गैडहवा, रोहिणी कोटहीमाई गाउँपालिकामा २/२ जना र मर्चवारी गाउँपालिकामा १ जना कोरोना संक्रमित थपिएका छन् ।