२०८२, भाद्र ७ गते

Aug 23 2025 | २०८२, भाद्र ७ गते

अर्घाखाँचीका कोरोना संक्रमित पुरुषको काठमाण्डौमा मृत्यु

शुक्रवार , बैशाख १७, २०७८

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • अर्घाखाँची, १७ वैशाख ।
    अर्घाखाँचीका कोरोना संक्रमित पुरुषको काठमाण्डौमा मृत्यु भएको छ । जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर  ८ च्युरामाटीका  ५० वर्षिय राम प्रसाद गैरेको काठमाण्डौमा आइसीयु बेड अभावका कारण मृत्यु भएको छ । रोजगारीको सिलसिलामा भारत रहेका गैरै वैशाखको पहिलो साता नेपाल आएका थिए ।

    स्वास्थ्यमा समस्या आएपछि पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएपछि अर्घाखाँची अस्पतालमा उपचाररत गैरेलाई थप उपचारको लागि १४ गते काठमाण्डौ लगिएको भुमिकास्थान नगरपालिका वडा नम्बर ८ का स्वास्थ्य शाखा इञ्चार्ज सुरज गैरेले जानकारी दिए ।