२०८२, माघ ७ गते

Jan 21 2026 | २०८२, माघ ७ गते

हातहतियार बुझाउन रुपन्देही प्रशासनको आग्रह

बुधवार , माघ ७, २०८२

  • 256
    Shares
  • 256
    Shares
  • भैरहवा, ७ माघ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजतप्राप्त हातहतियार तथा खरखजानाहरु माघ १५ गतेभित्र बुझाउन सूचना प्रकाशित गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी ईकाइमा हातहतियार बुझाउनहुन सम्बन्धित सबैमा जानकारीका लागि मंगलबार सूचना प्रकाशित गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो ।

    प्रहरी ईकाइमा बुझाइएका हातहतियारहरु निर्वाचनसम्पन्न भएको एक महिनापश्चात सम्बन्धित हतियारधनीले फिर्ता गर्न सक्ने र यो सूचनाको उल्लंघन भएको पाइएमा कानूनबमोजिम कारवाही समेत हुने उहाँले जानकारी दिनुभयो