२०८२, माघ ७ गते

Jan 21 2026 | २०८२, माघ ७ गते

१० थान ह्विल लक हस्तान्तरण

बुधवार , माघ ७, २०८२

  • 583
    Shares
  • 583
    Shares
  • भैरहवा, ७ माघ । ई-ड्राईभ लुम्बिनी नेपाल प्रा.लि.ले जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीलाई ह्विल लक प्रदान गरेको छ । प्रा.लि.का अध्यक्ष राजकुुमार गुप्ताले बुधबार रुपन्देही ट्राफिक प्रहरी प्रमुख (प्रहरी निरीक्षक) प्रतिमा कार्कीलाई १० थान ह्विल लक हस्तान्तरण गरेको हो ।

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालयको सेवा प्रवाहमा केही भए पनि सहज होस् भन्ने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको अध्यक्ष गुप्ताले बताउनुभयो ।

    त्यस्तै प्रहरी निरीक्षक कार्कीले ई-ड्राईभ लुम्बिनी नेपाल प्रा.लि.प्रति आभार व्यक्त गर्दै यसले प्रहरी कार्यलाई सहजता हुने बताउनुभयो।