images

बिहिवार, बैशाख २० गते २०८१

संक्रमितको उपचारमा गम्भिर बन्न सरकारलाई कांग्रेस रुपन्देहीको आग्रह

संक्रमितको उपचारमा गम्भिर बन्न सरकारलाई कांग्रेस रुपन्देहीको आग्रह

images
images
images
शनिवार, बैशाख १८ २०७८
शनिवार, बैशाख १८ २०७८
  • संक्रमितको उपचारमा गम्भिर बन्न सरकारलाई कांग्रेस रुपन्देहीको आग्रह

    बुटवल, १८ वैशाख ।

    images
    images
    images

    नेपाली कांग्रेस रुपन्देहीले कोभिड–१९ नियन्त्रण, रोकथाम र संक्रमितको उपचारमा गम्भिर बन्न तीनै तहका सरकारलाई आग्रह गरेको छ । कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले एक विज्ञप्ती जारी गर्दै संक्रमितको उचित उपचारको व्यवस्था गर्न तीन तहकै सरकारलाई आग्रह गरेका हुन् ।

    विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरसले नेपालमा पनि तीव्र गतिमा बढिरहेको र कोरोना भाइरसबाट संक्रमितहरुले उपचारै नपाएर ज्यान गुमाइरहेको भन्दै संक्रमितको उचित उपचारको लागि सही व्यवस्था मिलाउन केन्द्र, प्रदेश र स्थानीय सरकारलाई कांग्रेस रुपन्देहीले आग्रह गरेको छ। 

    बुटवलको धागो कारखानामा रहेको कोभिड अस्पताल र भैरहवाको भीम अस्पतालमा बेड अभाव भएको भन्दै सभापति रज्जाकले तत्काल शैया थप गरी संक्रमितको उपचारको व्यवस्था गर्न माग गरेका छन् ।  उनले कोरोना नियन्त्रणका लागि नाकामा कडाइ गर्न, भारतबाट फर्केकाहरुलाई कोरोना परीक्षणपछि मात्र सम्बन्धित क्षेत्रमा पठाउन र संक्रमितको उपचारका लागि प्रयाप्त शैया, जनशक्ति, उपकरणको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    ‘संक्रमितको उपचारका लागि अस्पतालहरुमा प्रयाप्त बेड, अक्सिजन, स्वास्थ्य उपकरण, जनशक्तिको व्यवस्थापन गरी जनताको जीवन रक्षा गर्ने दायित्व सरकारले पुरा गरोस्’ विज्ञप्तीमा उल्लेख छ ।

    रुपन्देहीमा हालसम्म  १ सय ९१ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । जिल्लामा संक्रिय संक्रमितको संख्या २ हजार ९ सय ३० पुगेको छ । अहिले बुटवल भैरहवाका कोभिड अस्पतालहरु संक्रमितले भरिएका छन् ।  अस्पतालहरुमा बेड अभाव भएपछि गम्भिर लक्षणसहितका संक्रमितहरुले उपचार नपाएर ज्यान गुमाइरहेका छन् भने अक्सिजनको समेत अभाव भएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij