२०८२, माघ १० गते

Jan 24 2026 | २०८२, माघ १० गते

खेलाडी संवाद तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

शनिवार , माघ १०, २०८२

  • 352
    Shares
  • 352
    Shares
  • भैरहवा, १० माघ । रुपन्देहीको ओमसतिया गाउँपालिका–१ ठुटीपिपलस्थित द मास्टर स्पोट्र्स एकेडेमीमा खेलाडी संवाद तथा अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ । नेपाल हप्किडो संघको आयोजना तथा द मास्टर स्पोट्र्स एकेडेमीको समन्वयमा कार्यक्रम भएको हो ।

    कार्यक्रम बोल्दै प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष धुव्र आचार्यले खेलकुद राष्ट्रको पहिचान र युवाको भविष्यसँग जोडिएको क्षेत्र भएको उल्लेख गर्नुभयो । उहाँले खेलाडीको क्षमता अभिवृद्धिका लागि संवादात्मक कार्यक्रम आवश्यक रहेको बताउनुभयो । उहाँले राज्य तथा सम्बन्धित निकायहरू खेलकुद विकासमा प्रतिबद्ध रहेको धारणा राख्नुभयो ।

    कार्यक्रमका सभापति नेपाल हप्किडो संघका केन्द्रीय उपाध्यक्ष देव कुवरले खेलाडी, प्रशिक्षक र संघबीचको सहकार्यले मात्र दीर्घकालीन उपलब्धि सम्भव हुने बताउनुभयो । उहाँले अनुशासन, निरन्तर अभ्यास र नैतिक मूल्य खेलाडीको मुख्य शक्ति भएको बताउनुभयो ।

    कार्यक्रमको सुरुवातमा एकेफ कोच (प्रशिक्षक) मुहम्मद अलीले खेल अनुशासन, निरन्तर अभ्यास र सकारात्मक सोचले मात्र खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्याउन सकिनेमा जोड दिनुभयो ।

    सुनिल कुवरको सञ्चालनमा सम्पन्न कार्यक्रममा ओमसतिया गाउँपालिका–१ युवा समाजसेवी तथा खेलाडी सारुख पठान, बुटवल उपमहानगरपालिकाका खेलकुदका पूर्व नगर अध्यक्ष नन्दु काउचा, ब्याडमिन्टनका अन्तर्राष्ट्रिय एम्पायर उदय अर्यालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    विभिन्न खेल विधाका खेलाडी तथा प्रशिक्षकहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा खेलाडीका समस्या, अवसर र खेलकुद विकासका सम्भावनाबारे छलफल गरिएको थियो ।