images

शुक्रवार, बैशाख २१ गते २०८१

धागो कारखानास्थित कोरोना अस्पतालमा आज पनि २ जना संक्रमितको मृत्यु

धागो कारखानास्थित कोरोना अस्पतालमा आज पनि २ जना संक्रमितको मृत्यु

images
images
images
शनिवार, बैशाख १८ २०७८
शनिवार, बैशाख १८ २०७८
  • धागो कारखानास्थित कोरोना अस्पतालमा आज पनि २ जना संक्रमितको मृत्यु

    बुटवल, १८ वैशाख ।

    images
    images
    images

    बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा आज बिहान २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएका रुपन्देहीका १ जना र नवलपरासीका १ जना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । 

    अस्पतालका अनुसार रुपन्देहीको शुद्धोधन गाउँपालिका–५ का ५५ वर्षिय पुरुषको आज बिहान ५ः४५ बजे मृत्यु भएको हो । यसअघि नवलपरासी जिल्ला रामग्राम नगरपालिकाकी ४५ वर्षिया महिलाको बिहान ४ बजे उपचारका क्रममा मृत्यु भएको थियो । योसंगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९२ पुगेको छ । 

    लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकलपर्सन डा. सुदर्शन थापाका अनुसार गत वैशाख १३ गते कोरोना संक्रमण पुष्टि भएका शुद्धोधनका पुरुष १६ गते अस्पताल भर्ना भएका थिए । उता रामग्राम–१० कि महिला कोरोना पुष्टि भएपछि हिजो १७ गते अस्पताल भर्ना भएकी थिइन् । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij