images

शुक्रवार, बैशाख २१ गते २०८१

श्रम शक्तिको सम्मानको वातावरण बन्दै गएको छ : मुख्यमन्त्री पोखरेल

श्रम शक्तिको सम्मानको वातावरण बन्दै गएको छ : मुख्यमन्त्री पोखरेल

images
images
images
शनिवार, बैशाख १८ २०७८
शनिवार, बैशाख १८ २०७८
  • श्रम शक्तिको सम्मानको वातावरण बन्दै गएको छ : मुख्यमन्त्री पोखरेल

    भैरहवा, १८ वैशाख । 
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले श्रम शक्तिको सम्मानको वातावरण बन्दै गएको र यो नेपाली समाजका लागि खुशीको विषय भएको बताएका छन् । उनले श्रम शक्तिको विकास र सम्मानको वातावरणवाट नै समृद्ध राष्ट्रको निर्माण सम्भव भएको बताए । 

    images
    images
    images

    अन्तर्राष्ट्रिय श्रमिक (मजदुर) दिवसको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले भनेका छन, ‘श्रम शक्तिको सम्मानको वातावरण अझ राम्रो बनाउन हामी दृढ संकल्पित छौं ।’

    नेपाली समाजमा लामो समयसम्म श्रमलाई हेयको दृष्टिले हेर्ने गरिएको र श्रमका कतिपय क्षेत्रहरुमा नेपाली श्रमशक्तिको सहभागिता नदेखिनुको प्रमुख कारक हेयको दृष्टिले हेर्ने सामाजिक मान्यता भएको उनको भनाइ छ । जसबाट  वर्षेनी अरवौको पूँजी रेमिट्यान्सका रुपमा पलायन मुख्यमन्त्री पोखरेलको भनाइ छ । 

    ‘मुलुकमा आजको यो परिस्थिति २००७, २०४६ र २०६२।०६३ मा भएका राजनीतिक आन्दोलन र क्रान्तिको सफलताबाट निर्माण भएको हो । उक्त आन्दोलनमा नेपाली श्रमिक वर्गको सहभागिता र  बलिदान अविस्मरणीय छ । नयाँ संविधानले एकात्मक र केन्द्रीकृत राज्य व्यवस्थाको अन्त्य गरी संघात्मक  र समाजवादउन्मुख राज्य व्यवस्थाको स्थापना गरेको छ, शुभकामना सन्देशमा भनिएको छ ।

    संविधानले व्यवस्था गरेको समाजवादउन्मुख  राज्यव्यवस्था व्यवहारमा कार्यान्वयन गर्दै जाँदा समाजमा वर्गीय विभेदको खाडल पुरिदै जाने निश्चित रहेको मुख्यमन्त्री पोखरेलको भनाइ छ  । 

    श्रमिक वर्गको हितका लागि सरकारले सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरी कार्यान्वयन अघि बढाएको उनले बताए । ‘स्वदेशमा कार्यरत श्रमिकहरूको बैंकर्फत तलब भुक्तानी गर्ने प्रणाली सुरु गरिएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा १२ हजार रोजगारदाता र दुई लाख श्रमिक आबद्ध गरिएको छ । यो कार्यक्रमलाई अझ विस्तार गर्दै अघि बढ्नुपर्नेछ, ’शुभकामना सन्देशमा भनिएको छ ।

    नागरिकलाई कोरोना भाइरसबाट संक्रमित हुन नदिन सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न मुख्यमन्त्री पोखरेलले अपील गरेका छन् । कोरोनाविरुद्धको संघर्षमा तीन तहका सरकार समन्वय र सहकार्य गर्दै अघि बढिरहेको र यो यात्रामा नागरिक सहयोग महत्वपूर्ण रहेको उनको भनाइ छ ।

    महामारी सुरु भएपछि स्वास्थ्य क्षेत्रमा पूर्वाधार र जनशक्ति बढाइएको  उनले बताए । लुम्बिनी प्रदेशमा चारवटा कोरोना विशेष अस्पताल सञ्चालन गरेर संक्रमितको उपचार अघि बढाइएको मुख्यमन्त्री पोखरेलको भनाइ छ । यी अस्पतालसहित अन्य अस्पतालमा समेत कोरोना संक्रमितको उपचारका लागि क्षमता बढाउने गरी काम भइरहेको उनले बताए ।181130162_884060478838335_1149955079111830483_n.jpg

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij