२०८२, फाल्गुण १५ गते

Feb 27 2026 | २०८२, फाल्गुण १५ गते

रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा ३७ लाख बढीको लत्ताकपडा बरामद

आइतवार , माघ ११, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, ११ माघ । सशस्त्र प्रहरीले रुपन्देहीबाट ३७ लाख बढीको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. रुपन्देहीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोज गुरुङको कमाण्डमा खटिएको १० जनाको गाडी मोबाईल टोलीले अन्दाजी ३७ लाख २५ हजार २ सय रुपैयाँ मूल्य बराबरको सामान बरामद गरेको हो ।

    सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा., रुपन्देहीका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) दुर्गा बहादुर थापाका अनुसार शनिबार सैनामैना नगरपालिका–९ बासगढीस्थित वडा कार्यालयको कच्ची सडक छेउको झाडीमा लुकाईछिपाई राखिएका विभिन्न किसिमका लत्ताकपडा बरामद गरिएको हो । 

    बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया बुझाइएको डीएसपी थापाले जानकारी दिनुभयो ।