२०८२, फाल्गुण ७ गते

Feb 19 2026 | २०८२, फाल्गुण ७ गते

इनरव्हील डिष्ट्रिक्ट चेयरम्यानको क्लब भिजिटमा

सोमवार , माघ १२, २०८२

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, १२ माघ । इनरव्हील डिष्ट्रिक्ट ३५० द्वारा आयोजना गरिएको डिष्ट्रिक्ट क्लब भिजिट कार्यक्रम इनरव्हील क्लब अफ लुम्बिनीको आतिथ्यतामा सम्पन्न भएको छ ।

    कार्यक्रममा डिष्ट्रिक्ट चेयरम्यान कमला श्रेष्ठ प्रमुख अतिथि तथा डिष्ट्रिक्ट सेक्रेटरी विनिता भट्टराई विशिष्ट अतिथिको रूपमा सहभागी हुनुभएको थियो ।

    कार्यक्रममा इनरव्हील क्लब अफ लुम्बिनीकी अध्यक्ष नारायणी नेपाल, निवर्तमान अध्यक्ष बिना भण्डारी, पूर्वअध्यक्षहरू बिना अग्रवाल, सीता भट्टराई, रचना क्षेत्री, मीना नेपाल पन्थी, उपाध्यक्ष कोपिला मरासिनी, सचिव कमला भट्टराई, कोषाध्यक्ष बिनिता नेपाल, एडिटर मनु भुर्तेल, आइएसओ अर्चना मल्ल, सहसचिव पवित्रा पन्थी, व्यष्लत त्चभबकगचभच सुनिता आचार्य, शिक्षा समिति सदस्य सुष्मा शर्मा, सदस्य ज्ञानु सारु लगायत साधारण सदस्यहरुको उपस्थिति थियो ।

    डिष्ट्रिक्ट क्लब भिजिटको अवसरमा स्वास्थ्य शिक्षाको क्षेत्रमा एमफिल उपाधि हासिल गर्नुभएको भन्दै इनरव्हील क्लब अफ लुम्बिनीकी अध्यक्ष नारायणी नेपाललाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । डिष्ट्रिक्ट चेयरम्यान कमला श्रेष्ठ र डिष्ट्रिक्ट सेक्रेटरी विनिता भट्टराईले नेपाललाई सम्मान गर्नुभएको हो ।

    WhatsApp Image 2026-01-25 at 12.05.52 AM.jpeg

    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नारायणी नेपालले नेतृत्व एक्लै सम्भव नहुने बताउनुभयो । उहाँले टीमवर्क, एकता तथा सक्रिय सहभागीताले नै संस्थालाई यहाँसम्म ल्याएको उल्लेख गर्नुभयो । सम्पूर्ण पदाधिकारी, बोर्ड सदस्य तथा सदस्यहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँले इनरव्हील क्लब अफ लुम्बिनीले सञ्चालन गरिरहेका १२ वटा परियोजनाहरूबारे जानकारी गराउनुभयो ।

    क्लबले दिएको माया, आत्मीयता र सम्मानले आफूलाई थप उर्जा र प्रेरणा मिलेको उहाँले बताउनुभयो । उहाँले क्लबभित्रको एकता, सहकार्य र आपसी विश्वासलाई निरन्तर कायम राखी एकै पंक्तिमा हातेमालो गरेर समाजमा सकारात्मक परिवर्तनका लागि अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    WhatsApp Image 2026-01-25 at 12.05.54 AM.jpeg

    क्लबको उपाध्यक्ष कोपिला मरासिनीको धन्यवाद ज्ञापन, पूजा गुरुङको स्वागत तथा सचिव कमला भट्टराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा पूर्वअध्यक्ष बिना अग्रवालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।