images

शुक्रवार, बैशाख २१ गते २०८१

भारतमा एकैदिनमा संक्रमितको संख्या ४ लाख नाघ्यो

भारतमा एकैदिनमा संक्रमितको संख्या ४ लाख नाघ्यो

३ हजार ५ सय भन्दा बढीको मृत्यू

images
images
images
शनिवार, बैशाख १८ २०७८
शनिवार, बैशाख १८ २०७८
  • भारतमा एकैदिनमा संक्रमितको संख्या ४ लाख नाघ्यो

    काठमाण्डौ, १८ वैशाख ।

    images
    images
    images

    कोरोना कहरको दोश्रो लहर झेलिरहेको भारतमा एकैदिन ४ लाख भन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार राति १२ बजेसम्म मुलकभर ४ लाख १० हजार भन्दा बढी  संक्रमित थपिएका हुन् ।

    मन्त्रालयले दिएको जानकारी अनुसार यस अवधिमा कोरोनाकै कारण कुल ३ हजार ५ सय जनाको मृत्यु भएको छ । यस अवधीमा ३ लाख भन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । एकैदिन ४ लाख बढीमा संक्रमण पुष्टि हुने भारत विश्वकै पहिलो मुलुक बनेको छ । 

    यसअघि कोरोना कहरको पहिलो लहरमा अमेरिकामा एकैदिन ३ लाख भन्दा बढीमा संक्रमण पाइएको थियो । भारतमा गत अप्रिल २१ बाटै दैनिक ३ लाखभन्दा बढी संक्रमित थपिन थालेका थिए । कोरोनाबाट बढी प्रभावित हुने राज्यहरुमा महाराष्ट्र, दिल्ली, उत्तर प्रदेश, कर्नाटक, केरला छन् ।

    भारतमा कोरोनाविरुद्धको खोप अभियान पनि तीव्रताका साथ चलिरहेको छ । पछिल्लो २४ घन्टामा २७ लाख ४४ हजारभन्दा बढीले खोप लगाएका छन् । गत अप्रिलको दोस्रो साता एकै दिनमा लगाइएको खोप भन्दा यो निकै कम हो ।

    गत १ देखि १४ अप्रिलसम्म भारतमा औसतमा ३५.२६ लाख जनामा खोप लगाइएको थियो । जबकि १५–२९ अप्रिलसम्म यो आँकडा घटेर २५.१६ मा आइपुगेको छ । शुक्रबारसम्म झन्डै साढे १५ करोड जनाले खोप लगाइसकेको मन्त्रालयको तथ्यांक छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij