images

शुक्रवार, बैशाख २१ गते २०८१

जनताको स्वास्थ्य सुरक्षा सरकारको पहिलो प्राथमिकता हुनुपर्छ : बोहरा

जनताको स्वास्थ्य सुरक्षा सरकारको पहिलो प्राथमिकता हुनुपर्छ : बोहरा

images
images
images
शनिवार, बैशाख १८ २०७८
शनिवार, बैशाख १८ २०७८
  • जनताको स्वास्थ्य सुरक्षा सरकारको पहिलो प्राथमिकता हुनुपर्छ : बोहरा

    भैरहवा, १८ वैशाख ।
    पूर्व स्वास्थ्य मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दिपक बोहराले सरकारको लागि जनताको स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् । उनले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा शैया उपलब्ध गराउन नसक्ने भइसकेको सरकारको विज्ञप्तीप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताए ।

    images
    images
    images

    शनिबार एक विज्ञप्ती जारी गर्दै बोहराले सरकार जनताप्रतिको जवाफदेहीताबाट पन्छिन खोजेको प्रष्ट भएको बताएका छन् । यो सरकारको गैरजिम्मेवारीको पराकाष्ठा भएको उनको भनाइ छ । तत्काल जनताको स्वास्थ्यप्रति संवेदनशील भइ उचित व्यवस्था गर्न सरकारसंग उनको आग्रह छ ।

    ‘अहिलेको भन्दा भयावह अवस्था हुन सक्ने अवस्थालाई आंकलन गरेर तत्काल स्थानीय तहको सहयोगमा ठूला भवन/सभा भवनहरुलाई अक्सिनसहितको बेड थपेर आइसोलेशन सेन्टर बनाउनुपर्ने बोहराको भनाइ  । चिकित्साकर्मीहरुलाई प्रोत्साहन भत्ता वृद्धि गरी पूर्ण रुपमा लगाउने । जनचेतना वृद्धि गराउने । अहिलेको अवस्थामा अन्य कामलाई थाती राखेर भए पनि कोरोना संक्रमितको उपचार र नियन्त्रणको लागि नागरिकलाई सरकार रहेको महसुस गराउन आग्रह गर्दछु, ’विज्ञप्तीमा उल्लेख छ । 
    सरकारको भर नपरी स्वयं आफै पनि सचेत रहन पूर्वमन्त्री बोहराले सबैमा आग्रह गरेका छन् । साथै उनले सम्पूर्ण कोरोना संक्रमितको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
    received_529337174725223.jpeg

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij