२०८२, फाल्गुण ७ गते

Feb 19 2026 | २०८२, फाल्गुण ७ गते

क्रिमसन अस्पतालमा मनाइयो नर्सिङ्ग दिवस

बिहिवार , माघ १५, २०८२

  • 811
    Shares
  • 811
    Shares
  • भैरहवा, १५ माघ । ६४ औं नेपाल नर्सिङ्ग दिवस रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्रामस्थित क्रिमसन अस्पतालमा पनि मनाइएको छ । नेपालकी पहिलो नर्स लामु अमात्यको तस्वीरमा फूलमाला लगाएर सुरु भएको नर्सिङ्ग दिवसको अवसरमा बोल्दै क्रिमसन कलेज अफ टेक्नोलोजी क्रिमसन अस्पतालका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बिरामीहरुको सबैभन्दा नजिक रहेर सेवा दिने नर्सहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले मुस्कानसहितको गुणस्तरीय सेवाका लागि नर्सहरुले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले नर्सिङ्ग पेशामा देश छाडेर विदेशिने लहर चलेकाले त्यसलाई रोक्नुपर्नेमा जोड दिनुभयो । 

    अस्पतालका निर्देशक डा.शेखर प्रसाद पोखरेलले नर्सहरुप्रतिको दृष्टिकोण समाजमा पनि सकारात्मक बन्दै गइरहेको बताउनुभयो । अस्पतालका नर्सिङ्ग विभाग प्रमुख निरा न्यौपानेले जस्तो परिस्थितिमा पनि सेवामा समर्पित हुने नर्सहरुका लागि पेशागत सुरक्षाका साथै बलियो सपोर्टको खाँचो औल्याउनुभयो । 

    नर्सिङ्ग सुपरभाइजर सरिता अर्यालयको सञ्चालनमा भएको सो कार्यक्रममा माईक्रो बायोलोजिष्ट डा.प्रियंका उप्रेतीले निपा भाइरसको जोखिमबाट सतर्क रहनुपर्ने विषयमा जोड दिनुभएको थियो ।

    WhatsApp Image 2026-01-29 at 8.04.14 PM.jpeg