२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

तिनाउ जेसीजको छैठौं पद हस्तातरण तथा पदस्थापन कार्यक्रम सम्पन्न

शुक्रवार , माघ १६, २०८२

  • 742
    Shares
  • 742
    Shares
  • भैरहवा, १६ माघ । तिनाउ जेसीसको पद हस्तान्तरण तथा पदस्थापन कार्यक्रम रुपन्देहीको ओमसतियामा सम्पन्न भएको छ । सो अवसरमा वर्ष २०२६ का लागि निर्वाचित नयाँ कार्यसमितिलाई निवर्तमान कार्यसमितिका अध्यक्ष ऋतुराज लम्सालले पद हस्तान्तरण गर्नुभएको थियो । 

    ओमसतिया गाउँपालिकाको उपाध्यक्ष सुनिता चौधरीको  प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा तिनाउ जेसीस वर्ष २०२५ का अध्यक्ष लम्सालले वर्ष २०२६ का नवनिर्वाचित अध्यक्ष  मोहन सिंह ठकुरी (बसन्त) लाई पद हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा तिनाउ जेसीसका पूर्वअध्यक्षहरू, बोर्ड अफ ट्रस्टीजका प्रतिनिधिहरू तथा जेसीज परिवारको उपस्थिति थियो ।
    पदभार ग्रहण गर्दै अध्यक्ष जेसी मोहन सिंह ठकुरीले आफ्नो कार्यकाललाई कार्यदक्षता, क्षमता र सामूहिक प्रयासका माध्यमबाट सफल बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जेसीजको स्वर्ण जयन्तीको वर्षमै आफू अध्यक्षमा निर्वाचित हुनु गौरवको विषय भएको र यो कार्यकाल विशेष र स्मरणीय हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले जेसीजको मर्म र भावनालाई आत्मसाथ गर्दै वर्ष २०२६ लाई उपलब्धीमूलक बनाइने प्रतिवद्धता जनाउनुभयो ।

    कार्यक्रमका बोल्दै प्रमुख अतिथि ओमसतिया गाउँपालिकाको उपाध्यक्ष सुनिता चौधरीले जेसीजले समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै युवालाई लक्षित विविध कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो । उहाँले युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न र नेतृत्त्व लिन र दिन जेसीजको भूमिका सराहनीय रहेको बताउनुभयो । स्थानीय सरकार र जेसीजबीच सहकार्य आवश्यक रहेको उहाँले धारणा राख्नुभयो । नेतृत्व तहमा जेसीजबाट आएका युवालाई अवसर दिन सके देश विकासमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ थियो ।

    कार्यक्रममा जेसीजका राष्ट्रिय उपाध्यक्ष सुरेन्द्र श्रेष्ठले तिनाउ जेसीजले यस क्षेत्रमा गरेको सामाजिक कार्यको उल्लेखनीय प्रशंसा गर्नुभयो । उहाँले आगामी दिनमा नयाँ कार्यसमितिले अझै परिस्कृत गर्दै सामाजिक कार्य गर्न आग्रह गर्नुभयो । सो अवसरमा मातृशाखा २०२६ का अध्यक्ष रुपेश पाण्डेले नवनिर्वाचित कार्यसमितिलाई शुभकामनासहित बधाई ज्ञापन गर्नुभएको थियो। 

    कार्यक्रममा ओमसतिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष बेल बहादुर बराल, २ का अध्यक्ष शित्तल जिटी, ३ का अध्यक्ष प्रकाश सिंह, महिमा चौधरी, प्रदीप थापा मरासिनी लगायतको उपस्थिति थियो ।

    तिनाउ जेसीज वर्ष २०२६ का लागि उपाध्यक्षमा विष्णु कंडेल, लेख बहादुर सुर्यबंशी, राजेश चौधरी, युवराज पौडेल, ईभिपीमा सुजित कुमार अग्रहरी, परमानन्द सापकोटा शिव, कानूनी सल्लाहकार महिमा चौधरी, महासचिवमा सुमन आचार्य, कोषाध्यक्षमा विनोद चौधरीसहित नयाँ कार्यसमितिमा चयन हुनुभएको छ ।