२०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चेम्बर अफ कमर्श रुपन्देहीद्वारा योग ध्यान शिविर

शनिवार , माघ १७, २०८२

  • 934
    Shares
  • 934
    Shares
  • भैरहवा, १७ माघ । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले योग ध्यान शिविर सम्पन्न गरेको छ । संस्थाले आफ्नो १९ औं स्थापना दिवसको अवसरमा शुक्रबार भैरहवास्थित युनिक बैंक्वेटमा उक्त शिविरको आयोजना गरेको हो ।

    सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो कार्यक्रम योग ध्यान शिविरको आयोजना गरिएको चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले बताउनुभयो । माघ २२ गते स्थापना दिवसको पूर्व संध्यामा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत योग ध्यान शिविरबाट सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

    उद्योगी–व्यवसायीको हकहितसँगै सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको अध्यक्ष रोक्काले बताउनुभयो । स्थापना दिवस स्वास्थ्य, शिक्षा, खेलकुद, वातावरण र सामाजिक क्षेत्रमा काम गरेर मनाउने जमर्को गरिएको उहाँले बताउनुभयो । योग र ध्यान स्वस्थ जीवनशैलीका लागि आवश्यक रहेकोले यो कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ । 

    जीवन विज्ञान परिषद् रुपन्देहीका जिल्ला संयोजक खगनाथ गैरेले स्थापना दिवसको अवसरमा योग ध्यान शिविर आयोजना गर्ने चेम्बर अफ कमर्श, रुपन्देहीप्रति आभार व्यक्त गर्नुभयो । उहाँले मानिसका लागि योग ध्यान आवश्यक रहेकोमा जोड दिनुभयो ।

    शिविरमा १ सय जना बढीको सहभागीता रहेको कार्यक्रम संयोजक तथा संस्थाको कार्यसमिति सदस्य सिकन्दर अलीले बताउनुभयो ।

    IMG_9636.JPG

    शिविरमा सहभागीलाई जीवन विज्ञानको प्रशिक्षक माया बेल्बासेले योग ध्यान गराउनुभएको थियो ।

    IMG_9601.JPG

    सप्ताहव्यापी कार्यक्रम अन्तर्गत माघ १७ गते मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता, १८ गते जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई आवश्यक सामग्री हस्तान्तरण, १९ गते ओमसतिया गाउँपालिका–४ स्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा खाद्यान्न सामग्री वितरण, २० गते माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, २१ गते सरसफाई कार्यक्रम र २२ गते स्थापना दिवस समारोह तथा सम्मान कार्यक्रम आयोजिन गरिने संस्थाको महासचिव लक्ष्मी अधिकारीले बताउनुभयो ।