२०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विभिन्न कार्यक्रम गरी ११६ औं वार्षिकोत्सव मनाउँदै लुम्बिनी प्रादेशिक अस्पताल

आइतवार , माघ १८, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • बुटवल, १८ माघ । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले हरेक वर्ष मनाउँदै आएको वार्षिकोत्सवलाई यस वर्ष पनि विविन्न सामाजिक उत्तरदायित्वका क्रियाकलाप तथा प्रतियोगितात्मक गतिविधिसहित मनाउने भएको छ । वार्षिकोत्सव तयारीका लागि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अजयमान श्रेष्ठको उपस्थितिमा बसेको बैठकले विभिन्न समिति तथा उपसमिति गठन गरी तयारीलाई अघि बढाएको छ ।

    अस्पताल यही फागुन १५ गते ११५ वर्ष पूरा गरी ११६ औं वर्षमा प्रवेश गर्दैछ । चिकित्सक, स्वास्थ्यकर्मी, स्टाफ नर्स तथा कर्मचारीहरुसहित करिब ९ सय जना कार्यरत रहेको लुम्बिनी प्रदेशकै ठूलो यस अस्पतालमा वार्षिक साढे ३ लाख बढीले स्वास्थ्य सेवा लिने गर्छन् । 

    वार्षिकोत्सवको अवसरमा कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई सम्मान, अभिमुखिकरण, रक्तदान तथा फलफूल वितरण, सरसफाई तथा सचेतना कार्यक्रमका साथै स्वास्थ्यकर्मी तथा कर्मचारीहरुबीच मैत्रीपूर्ण भलिबल, फुटबल, ब्याटमिन्टन, म्याराथन लगायतका प्रतियोगिताहरु आयोजना गरिने मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले जानकारी दिनुभयो । त्यसै गरी कवितावाचन प्रतियोगिता, हाजिरीजवाफ लगायतका बौद्धिक प्रतिष्पर्धा समेत गराइने उहाँले बताउनुभयो ।

    विभिन्न प्रतियोगितात्मक गतिविधि सुरु गरी मूल समारोहका दिन भव्य रुपमा वार्षिकोत्सव मनाउने तयारी भएको अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले जानकारी दिनुभयो ।