२०८२, फाल्गुण ७ गते

Feb 19 2026 | २०८२, फाल्गुण ७ गते

पत्रकार घिमिरे नेपाल टेलिभिजनबाट पुरस्कृत

आइतवार , माघ १८, २०८२

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा । रुपन्देहीका क्रियाशिल पत्रकार दीपक घिमिरे काठमाण्डौंमा पुरस्कृत तथा सम्मानित हुनु भएको छ । बिगत दुई दशकदेखि पत्रकारिता पेशामा क्रियाशिल पत्रकार घिमिरे राष्ट्रिय स्तरतको पत्रकारिता पुरस्कारबाट सम्मानित तथा पुरस्कृत हुनु भएको हो । 

    पत्रकार घिमिरेलाई नेपालको पहिलो टेलिभिजन, नेपाल टेलिभिजनले उत्कृठ समाचारदाताको रुपमा सम्मानित तथा पुरस्कृत गरेको हो । 

    सार्वजनिक सेवा प्रशारण, नेपाल टेलिभिजनको ४१ औं बार्षिकोत्सवको अवसरमा पत्रकार घिमिरेलाई उत्कृठ जिल्ला समाचारदाताको रुपमा नगद सहित सम्मान गरेको हो । 

    नेपाल टेलिभिजनले पत्रकार घिमिरेलाई व्यवसायिक, जिम्मेवार र जवाफदेहि भएर निरन्तर गर्नुभएको समाचार सम्प्रेषण कार्यको उच्च मुल्याँकन गर्दै यसबर्षको उत्कृठ सम्वाददाताको पुरस्कृत गरिएको जनाएको छ । 

    1.jpg

    पत्रकार घिमिरे बिगत ४ बर्षदेखि नेपाल टेलिभिजनमा रुपन्देही जिल्ला समाचरदाताको रुपमा कार्यरत रहनु भएको छ। २०६१ सालबाट पत्रकारितामा लाग्नु भएका घिमिरे शुरुमा नयाँ भावना दैनिक, बुटवल टुडे दैनिक, दैनिक पत्र दैनिक, बुद्ध टेलिभिजन, तराई टिलिभिजन, टिटिभि, ईमेज च्यानलहुदैं पछिल्लो ४ बर्षदेखि नेपाल टेलिभिजनमा आबद्ध रहनु भएको छ । 

    त्यसैगरी राष्ट्रिय समाचार समिति, हिमालय टाईम्स, लुम्बिनी पोष्ट, नेपाल लाईभ डटकम, उकेरा डटकममा काम गरिसक्नु भएका घिमिरे पछिल्लो ५ बर्षदेखि भैरहवाबाट सञ्चालित खबरपात्रो डटकममा प्रधानसम्पादकको रुपमा कार्यरत हुनुहुन्छ ।