२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

नियमित रक्तदाता संघको आयोजनामा रक्तदान

शनिवार , बैशाख १८, २०७८

बुटवल, १८ वैशाख ।
नेपाल नियमित रक्तदाता संघ रुपन्देहीको आयोजनामा शनिबार बुटवलमा रक्तदान भएको छ । कोभिड–१९ को संक्रमण बढ्दै जाँदा अस्पतालमा रगतको अभाव नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको संघका सचिव महेश खनालले बताए । 

बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रममा ८५ जनाले रक्तदान गरेको संघका सदस्य तथा कार्यक्रम संयोजक राजु रसाइलीले जानकारी दिए । उनका अनुसार निषेधाज्ञाका बाबजुद पनि रक्तदाता रक्त संचार केन्द्रमा पुगेका थिए । 

रक्तदान कार्यक्रमको उद्घाटन कार्यक्रममा समाजसेवी एम.बी. विश्वकर्माले रक्तदान जस्तो पुण्य काम अन्य सेवाबाट मिल्न नसक्ने बताए । संघले नियमित रुपमा जस्तोसुकै परिस्थितिमा पनि कार्यक्रमलाइ जारी  राखेको भन्दै सहयोग गर्ने प्रतिवद्धता जनाए । 

संघका कार्यवाहक अध्यक्ष लेखनाथ भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा संघका सल्लाहकार सुरेन्द्र शाक्य, सल्लाहकार भिमसेन श्रेष्ठ  राजु रसाइली लगायतले रक्तदानको महत्वको विषयमा चर्चा गरेका थिए । संघका कोषाध्यक्ष दिपक अधिकारीले जिल्ला प्रशासन कार्यालय रुपन्देहीको  सहजीकरणमा कार्यक्रम गर्नु पाउनु संघको गौरवको कुरा भएको बताए । निषेधाज्ञाको क्रममा अस्पतालमा रगतको अभाव हुन नदिन संघ र रक्त संचार केन्द्र बुटवलसंग समन्वय गर्ने निर्णय भएको थियो ।