२०८२, माघ २२ गते

Feb 05 2026 | २०८२, माघ २२ गते

स्याङ्जाली परिवार रुपन्देहीद्वारा रक्तदान

बुधवार , माघ २१, २०८२

  • 118
    Shares
  • 118
    Shares
  • भैरहवा, २१ माघ । स्याङ्जाली परिवार रुपन्देहीको १८ औं स्थापना दिवसको अवसरमा बुधवार भैरहवामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी रुपन्देही जिल्ला शाखा रक्त सञ्चार सेवा केन्द्र सिद्धार्थनगरको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, वरिष्ठ अधिवक्ता शिव प्रसाद गौडेल लगायते रक्तदान गर्नुभएको रेडक्रस सिद्धार्थनगरका सचिव राम प्रसाद सापकोटाले जानकारी दिनुभयो । 

    रगत तीन महिनाको अन्तरालपछि जतिपटक पनि रक्तदान गर्दा कुनै फरक नपर्ने गरेको आफनो अनुभव सुनाउँदै आफूले यसपटक समेत गरी ६० औं पटक रक्तदान गरेको भैरहवा निवासी विष्णु प्रसाद मरासिनीले बताउनुभयो । कार्यक्रममा १३ जनाले रक्तदान गरेको आयोजकले जनाएका छन् ।

    स्याङ्जाली परिवार रुपन्देहीको १८ औं स्थापना दिवस संस्थापक अध्यक्ष डी.आर. शर्माको अध्यक्षता एवं वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद मरासीनीको संयोजन र क्षेत्रीय समिति भैरहवाका अध्यक्ष गणेश प्रसाद तिवारीको समन्वयमा खुल्ला रक्तदान कार्यक्रम आह्वान भएको थियो । 

    IMG_20260204_111121.jpg

    स्याङ्जाबाट रुपन्देही जिल्लामा आइ विभिन्न ठाउँमा छरिएर स्थायी एवं अस्थायी रुपमा बसेका कर्मचारी एवं नागरिकलाई स्वागत तथा सम्मान समेत गरिएको सल्लाहकार दीर्घराज काफ्लेले बताउनुभयो । स्याङ्जाली परिवार, रुपन्देही २०६५ सालमा स्थापना भएको हो ।