२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

कोरोना अस्पताल बेलझुण्डीमा अक्सिजनको अभावले बिरामीको ज्यान खतरामा 

आइतवार , बैशाख १९, २०७८

दाङ, १९ वैशाख ।
दाङको कोरोना विषेश अस्पताल बेलझुण्डीमा रहेका बिरामीहरुलाई अक्सिजनको अभावले ज्यान खतरा हुन थालेको बताइएको छ । दुई दिनदेखि अस्तालमा अक्सिजन अभाव देखिएको थियो ।                                     

अक्सिजन आपूर्ति र व्यवस्थापनमा सरकारले ध्यान नदिएपछि आइतवार बिहानदेखि अस्पतालमा अक्सिजनको स्टक सकिएको छ । बिरामीहरु अक्सिजनको अभावमा बेडमै छटपटाउन सुरु गरेको अस्पताल प्रशासनले जनाएको छ । बिरामी अक्सिजनको अभावमा छटपटाउन थालेपछि अपताल प्रशासन र चिकित्सक चिन्तित देखिएका छन ।

४२ बेडमा सञ्चालन हुँदै आएको कोरोना अस्पताल दवावका कारण एक सय बेडको चलाउने निर्णय शनिबार मात्रै गरिएको थियो । अहिले अस्पताल ५८ बेडमा चलिरहेको छ ।   अस्पतालमा दैनिक डेढ सय सिलिण्डर अक्सिजन खपत हुने गरेको र आइतबार बिहानदेखि एक सिलिन्ड पनि अक्सिजन अस्पतालसंग नरहेको अस्पतालका व्यवस्थापक दोर्ण बहादुर ओलीले बताए । ‘हिजैदेखि प्रदेश सरकार जिल्लामा निकायलाई हारगुहार गर्दे आएका छौं, अहिलेसम्म कसैले सुनेको छैन, उनले भने, अहिले विरामीहरु छटपटाए अक्सिजनको अभावमा बेढमा छटपटाई रहेका छन ।’ 

‘हामीसंग अहिले अक्सिजन शुन्य छ । दवावमा बेड त बढाइयो तर आवश्यक सामग्री व्यवस्थापनमा कसैको चासो भएन ।  यही अबस्था रहेमा बिरामीको उपचार सम्भावना छैन, उनले भने ।

अस्पताललाई सय बेडमा संचालन गर्नका लागि दैनिक करिब ४ सय सिलिण्डर अक्सिजन आवश्यक पर्ने व्यवस्थापक वलीले बताए । अस्पतालका विरामीको रक्षा भगवान भरोसा मात्रै छ ।