२०८२, माघ २२ गते

Feb 05 2026 | २०८२, माघ २२ गते

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंमा शुरु

बिहिवार , माघ २२, २०८२

  • 205
    Shares
  • 205
    Shares
  • काठमाडौं, २२ माघ । नेपाल बिल्डकनको ११औं संस्करणको प्रदर्शनी बिहीवारदेखि शुरु भएको छ ।

    नेपालको समग्र निर्माण क्षेत्रको विकास गर्ने उद्देश्यले विगत एक दशकदेखि निरन्तर आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा बिहीवारदेखि शुरु भएको हो । अगामी आईतवारसम्म चल्ने निर्माण क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रदर्शनी बिल्डकनको यो संस्करणमा २ सय भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरु सहभागी रहेको आयोजक संस्था मिडिया स्पेश सोलुसन्स प्रालिका प्रवन्ध निर्देशक सिर्जल भट्टराईले जानकारी दिनुभयो ।

    उहाँकाअनुसार प्रदर्शनीमा १ सय ३० वटा कम्पनीको २ सयभन्दा बढी ब्राण्डहरु सहभागि छन् । उहाँले प्रदर्शनीले नेपालको निर्माण उद्योगलाई आधुनिक प्रविधिसँग जोड्दै पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनु भयो । सस्तो मूल्यमा घर बनाउनेदेखि लिएर निर्माण क्षेत्रसँग सम्बन्धीत सबै निर्माण सामग्रिलाई एउटै छानामुनि खोज्नेहरुको लागि प्रदर्शनी उत्कृष्ट प्लेटफर्म रहेको उहाँको भनाइ छ । 

    उहाँले भन्नुभयो, ‘अहिले १ सय ३० वटा कम्पनीको २ सयभन्दा बढी ब्राण्डहरु यहाँ रहेका छन् । जसमा नेपालबाट ६५ प्रतिशत र ३५ प्रतिशत विदेशी कम्पनीहरु रहेका छन् । गएका वर्षहरुभन्दा यो पाली हामीले नेपालमा उत्पादित वस्तुहरुका स्टलहरु बढी देख्नसक्छौँ । त्योसँगै यहाँ सस्तोमा घर बनाउनेदेखि लिएर निर्माण क्षेत्रसँग सम्बन्धीत सबै निर्माण सामग्रीलाई हामीले एउटै छानामुनि हेर्ने प्लेटफर्म तयार बनाएका छौँ । यो प्रदर्शनीमा आम नागरिकदेखि निर्माण क्षेत्रका विज्ञहरुले केही न केही सिकेर जान मौका पनि हामीले प्रदान गरेका छौँ ।’

    प्रदर्शनीमा आर्किटेक्चरल हार्डवेयर, एल्युमिनियम एक्स्ट्रजन, मार्बल, टायल्स, स्यानिटरी वेयर, मोड्युलर तथा आधुनिक किचन, रुफिब, क्ल्याडिब, लिफ्ट, एलिभेटर, एस्केलेटर, ढोका, झ्याल, फ्लोरिब, वाल कभरिब, ग्लास ग्लेजिब, पाइप, प्लम्बिब, फिटिब्स, कन्सट्रक्सन केमिकल, पीभीसी र युपिभिसी प्रोफाइल, ब्याट्री, जेनेरेटर, र सिमेन्ट तथा स्टिल लगायत निर्माणका सम्पूर्ण सामाग्री तथा सेवाहरु उपलब्ध रहेको आयोजकले जनाएको छ ।