images

बिहिवार, बैशाख १३ गते २०८१

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

images
images
images
आइतवार, बैशाख १९ २०७८
आइतवार, बैशाख १९ २०७८
  • लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

    बुटवल १९ वैशाख । 
    आज दिउँसो १ बजे बस्ने भनिएको लुम्विनी प्रदेशसभाको विशेष अधिवेशन बैठक नै नबसी अन्त्य भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले मध्यान्ह १२ बजे देखि अधिवेशनको अन्त्य गरेका हुन ।

    images

    मुख्यमन्त्री शंकर पोखरेलेविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) लगायतका दलहरुले अविश्वास प्रस्ताव पेश गरेपछि प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको थियो । आजका लागि बोलाइएको अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रस्तुत गरिएको अविश्वास प्रस्तावका विषयमा छलफल गर्ने कार्यसूची तय भएको थियो ।

    मुख्यमन्त्री पोखरेलले यस अघि संविधानको धारा १६८ को दफा २ बमोजिम आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन भएको र सो धारा बमोजिम सरकारमा सहभागी नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरीएपछि संबिधानको धारा १६८ को १ बमोजिम सरकार बनाउने मार्ग प्रसस्त गर्न भन्दै आजै बिहान राजिनामा दिएका थिए ।

    पोखरेलले आजै मुख्यमन्त्रीको सपथ लिन सक्ने सम्भावना रहेको स्रोतले बताएको छ । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख धर्मनाथ यादवले अर्को व्यवस्था नभए सम्मका लागि मौजुदा मन्त्रिपरिषदलाई नै मन्त्रिपरिषदको कार्यभार दिएका छन ।

    संविधानको धारा १६८ को १ बमोजिम अब नेकपा एमालेले सरकार बनाउने तयारी सूरु गरेको छ । लुम्बिनी प्रदेशसभामा एमालेका ४१ सांसद छन भने एमालेबाहेक दलको सभामुख बाहेकको संख्या जोड्दा ३९ मात्रै पुग्छ । प्रदेश भामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका दुई (चार जना कारवाही पछि) बच्नेछन् । त्यस्तै राष्ट्रिय जनमोर्चासंग १ सांसद छन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij