२०८३, श्रावण १४ गते

Jul 30 2026 | २०८३, श्रावण १४ गते

लायन्स बुटवल लालीगुराँसको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न

शुक्रवार , माघ २३, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • बुटवल, २३ माघ । लायन्स क्लब अफ बुटवल लालीगुँरासले बिहीबार बुटवलको नरैनापुुरमा वृहत निःशुल्क स्वास्थ्य परीक्षण तथा मधुमेहको स्क्रिनिङ शिविर सम्पन्न गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर तथा मधुमेहको निःशुल्क परीक्षण गरिएको क्लबकी अध्यक्ष दिपा थन्जुले जानकारी दिइन् । 

    प्रादेशिक अस्पतालका चिकित्सकसहित १८ जना स्वास्थ्यकर्मीको प्राविधिक सहयोगमा बिहान ११ बजदेखि साँझ ४ बजेसम्म सञ्चालन गरिएको शिविरमा २५० जनालाई परीक्षण गरिएको थियो । परीक्षणका क्रममा स्वास्थ्य समस्या देखिका सेवाग्राहीलाई निःशुल्क ओषधि समेत वितरण गरिएको क्लबका पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक कविता श्रेष्ठले जानकारी दिनुभयो ।

    सो अवसरमा बोल्दै प्रमुख अतिथी डिष्ट्रिक ३२५ पीका प्रथम उपाध्यक्ष सन्दिप कसौधनले सामाजिक उत्तरदायित्वका क्रियाकलापलाई थप बढाउँदै लैजान सुझाव दिनुभयो । क्लबको अग्रसरतामा विभिन्न रचनात्मक क्रियाकलाप हुँदै आएकोप्रति खुसी व्यक्त गर्दै उहाँले मानवीय सेवा भावले एकीकृत हुन आह्वान गरे । 

    शिविरमा लुम्बिनी प्रादेशिक अस्पतालका महिला रोग विशेषज्ञ डा. रुकमनी शर्मा, जनरल मेडिसियन डा. सुरज पोखरेल, हाडजोर्नी विशेषज्ञ डा. सन्तोष भट्टराई तथा बालरोग विशेषज्ञ डा. जगदिश कुँवरसहित स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको थियो ।