२०८२, माघ २५ गते

Feb 08 2026 | २०८२, माघ २५ गते

करौजियामा मगर भवन उद्घाटन

आइतवार , माघ २५, २०८२

  • 133
    Shares
  • 133
    Shares
  • तिलोत्तमा, २५ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ करौजियास्थित नेपाल मगर संघ वडा समितिको मगर सामूदाय भवन उद्घाटन गरिएको छ । संघका अध्यक्ष कृष्ण बहादुर सारु मगरको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा नगरप्रमुख खाणले जातीय पहिचान र संस्कृतिले देशका सबै जातजातिहरुलाई एकजुट बनाउने र त्यसको संरक्षण गर्नुपर्ने बताउनुभयो । हलसहितको कार्यालय भएको भवन उद्घाटन गर्दै उहाँले देश विकासमा मगर समुदायको ठूलो योगदान रहेको बताउनुभयो । 

    कार्यक्रममा अन्तर्राष्ट्रिय बौद्ध संघका सल्लाहकार झम बहादुर गुरुङले मगर एकता र मगरहरुको पहिचानलाई जोगाइराख्न सबै एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले देशको विकासमा सधै आलटाल भएको भन्दै अबको दिनमा विकास र समृद्धिको लागि समेत सबै मगर लगायतका जातीहरु मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।

    विशिष्टअतिथि तिलोत्तमा–१३ का वडाअध्यक्ष नारायण ढकाल, तिलोत्तमा–१४ का अध्यक्ष अश्विन पौडेल लगायत मगर सघका नगर तथा वडा समितिका पदाधिकारी र सदस्यहरु एवं स्थानीय मगर समुदायको बाक्लो थियो ।

    कार्यक्रममा मगर संस्कृति झल्किने नृत्य तथा झाँकी समेत प्रस्तुत गरिएको थियो ।