२०८२, माघ २५ गते

Feb 08 2026 | २०८२, माघ २५ गते

चित्रकला प्रतियोगितामा गौतमबुद्धका कुर्मी प्रथम

आइतवार , माघ २५, २०८२

  • 223
    Shares
  • 223
    Shares
  • तिलोत्तमा, २५ माघ । विजय ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रुपन्देहीके तिलोत्तमा नगरपालिका ८, ४ नम्बर ज्योति आधारभूत विद्यालयमा शनिबार  चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । 

    सहकारीको शिक्षा उपसमितिले तिलोत्तमा–८, ९ र ११ वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका ५–७ कक्षा स्तरीय सहकारी वातावरण र सरसफाईसम्बन्धी विषयक चित्रकला प्रतियोगिता सम्पन्न गरेको हो । 

    तीन वडाका ८ विद्यालयका १५ जना विद्यार्थी सहभागी रहेको थियो । कार्यक्रमले विद्यार्थीको अन्तरनीहित क्षमता अभिवृद्धिमा सघाउ पुर्याउने कार्यक्रम संयोजक चन्द्रमणि अर्यालले बताउनुभयो ।

    प्रतियोगितामा प्रथम हुने गौतम बुद्ध माविका शिवराम कुर्मी, दोस्रो हुने किड्स हेभन बिद्यालयका शिशिर वि.क., तृतीय हुने जनभावना माविका विमसार राना र प्रोत्साहन हुने ज्योति आधारभूत विद्यालयका ऋतु सारुले क्रमशः ४ हजार, ३ हजार, २ हजार र १ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । 

    निर्णायक मण्डलमा रहेका नेपाल व्यवसायी कलाकार संघका केन्द्रिय उपाध्यक्ष  एच.बी. रम्तेलले यस्ता प्रतियोगिताले प्रतिभा प्रस्फुटन हुने र विद्यार्थीहरुमा सहकारी एवं सरसफाईसम्बन्धी सचेतना हुने बताउनुभयो । सहकारीका अध्यक्ष रमेशराज शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कृष्ण तिवारीले गर्नुभएको थियो ।