२०८२, माघ २५ गते

Feb 08 2026 | २०८२, माघ २५ गते

चलचित्र विकास बोर्डमा वरिष्ठ अभिनेता सुनिल थापाको अन्तिम बिदाई

आइतवार , माघ २५, २०८२

  • 160
    Shares
  • 160
    Shares
  • काठमाडौं, २५ माघ । नेपाली चलचित्र जगतका वरिष्ठ तथा लोकप्रिय अभिनेता सुनिल थापाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका चलचित्र विकास बोर्ड परिसरमा राखिएको छ । 

    वरिष्ठ अभिनेता सुनिल थापा (६८ वर्ष) को हृदयघातका कारण शनिवार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनलाई बेहोस अवस्थामा अस्पताल भर्ना गरिएको र बिहान साढे ७ बजे ईसीजी रिपोर्टबाट मृत्यु पुष्टि भएको थियो । थापा लामो समयदेखि शंखमूलस्थित आफ्नो अपार्टमेन्टमा बस्दै आएका थिए ।

    नेपाली सिनेमामा ‘राते काइँला’ को नामले चर्चित थापाले चार दशकभन्दा बढी समयसम्म नेपाली, भारतीय (बलिउड) र भोजपुरी चलचित्रमा अभिनय गरेका थिए । उनले ३०० भन्दा बढी फिल्ममा काम गरेका छन् । प्रियंका चोपडाको ‘मैरी कोम’ मा उनको प्रशिक्षकको भुमिका तथा ‘द फेमिली म्यान’ जस्ता चर्चित सिरीजमा पनि अभिनय गरेका थिए ।

    नेपाली सिनेमामा खलनायकको भुमिकालाई नयाँ उचाई दिने अभिनेतामा थापा पनि पर्दछन् । उनलाई फिल्मकर्मीहरूका साथै विभिन्न क्षेत्रका व्यक्तित्वहरू बोर्ड पुगेर श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।