२०८२, माघ २७ गते

Feb 10 2026 | २०८२, माघ २७ गते

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो

मंगलवार , माघ २७, २०८२

  • 301
    Shares
  • 301
    Shares
  • काठमाडौं, २७ माघ । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली जाँदै गरेको अरनिको यातायातको ५९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको छ ।

    रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार रामेछापको मचानेटार भन्ने ठाउँबाट तामाकोशी नदीमा बाहक बस खसेको हो । अहिले स्थानीय र प्रहरी उद्धारमा खटिएका छन् ।

    बस त्रिवेणी नजिकै दुर्घटना हुँदा  ५ जनाको मृत्यु, उद्धार कार्य जारी भएको र बसमा सवार ६ यात्रु भने घाइते अवस्थामा फेला परेकाले उद्धार गरेर उपचारका लागि पठाइएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।