बुधवार , माघ २८, २०८२
काठमाडौं, २८ माघ । नेपाली कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा बजारमा काला बजारीहरु सक्रिय भएको आरोप लगाउनुभएको छ ।
बुधवार बसेको राष्ट्रिय सभाको वैठकमा शुन्य समयमा बोल्दै उहाँले दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गराएर सर्वसाधारणलाई सास्ती दिन थालिएको बताउनुभयो । चुनावी समयमा आपूर्ति प्रणाली अस्थिर पार्ने र अनावश्यक नाफा कमाउने उद्देश्यले केही व्यवसायीले कृतिम अभाव देखाएको उहाँको आरोप छ ।
उहाँले भन्नुभयो, ‘चुनाव नजिँकिदै जाँदा कालाबजारीहरुले दैनिक उपभोग्य बस्तुको कृतिम अभाव देखाई मुल्यवृद्धि गराएर जनतालाई दुःख दिने कार्य शुरु भएको छ । बजार अनुगमन गरि दोषिलाई कारबाही गर्न सरकारलाई आग्रह गर्दछु ।’
उहाँले बजार अनुगमन गरेर दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
