२०८२, माघ २९ गते

Feb 12 2026 | २०८२, माघ २९ गते

विश्वकपको सुपर आठमा पुग्नसके नेपाली क्रिकेटले ठूलो फड्को मार्छ : उपाध्यक्ष सिंह

बिहिवार , माघ २९, २०८२

  • 199
    Shares
  • 199
    Shares
  • काठमाडौं, २९ माघ । नेपालले भारतमा जारी आइसिसी टी ट्वान्टी विश्वकपको पहिलो खेलमा जितनजिक पुगेर पनि पराजित हुन पराजित हुन पुग्यो ।

    दुईपल्ट विश्व च्याम्पियन इङ्ल्याण्डसँग चार रनले पराजित भएसँगै नेपाली टोलीमा ठूला राष्ट्रसँग खेल्ने अनुभवको कमि देखिएको चर्चा भइरहेको छ ।

    पत्रकार सम्मेलनमा कप्तान रोहित पौडेल र नेपालका अन्य खेलाडीले यस्तै प्रश्न सामना गर्नुपरेको छ । रोहितले पनि सहजै आपूmहरूले टेस्ट राष्ट्रसँग खेल्ने अवसर नपाएको स्वीकार गर्ने गरेका छन् । गत संस्करणको विश्वकपमा दक्षिण अफ्रिकासँग पनि नेपाल १ रनले पराजित हुँदा ठूला राष्ट्रविरुद्ध जित निकाल्न असफल भएको थियो ।

    दशौं संस्करणमा पनि नेपाली टोलीले यही नियती सामना गर्नुप¥यो । नेपालका कप्तान रोहितले भारत, अस्ट्रेलिया र इङ्ल्याण्डजस्ता टोलीलाई टियु क्रिकेट स्टेडियममा समर्थक स्वागत गर्न आतुर रहेको प्रतिक्रिया दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले सन् २०२२ देखि नै टेस्ट राष्ट्रसँग खेल्न प्रयास गरिएको उल्लेख गर्दै अन्तिम समयमा श्रीलंका र अफगानिस्तान जस्ता टोलीलाई ल्याउन नसिएको बताएका छन् ।

    श्रीलंकामा एशिया कप खेल्न जाँदा त्यहाँको बोर्डसँग छलफल गरिएको र त्यो छलफलमा सकारात्मक नतिजा आएको उनी बताउँछन् । एसिसीको पदाधिकारीसहितको छलफलमा नेपालसँग सहकार्यको गर्ने निचोड आएको उनी बताउँछन् । तर क्यालेण्डरमा व्यस्ततापछि योजनाअनुरूप सफल नभएको क्यानका उपाध्यक्ष सिंहको भनाइ छ ।

    गत विश्वकपमा दक्षिण अफ्रिकासँगको खेलपछि नेपाली क्रिकेटपति विश्वको हेर्ने नजर नै राम्रो बनेको उनी बताउँछन् । अन्तत् गत वर्ष क्यानले वेस्ट इन्डिजसँग श्रृंखला गर्ने सफल भएको उनले उल्लेख गरे ।

    त्यस किसिमका खेलले नेपाली खेलाडीमा आत्मबल बढाउने उनको विश्वास छ । कप्तान रोहितले भनेजस्तै टेस्ट राष्ट्रलाई नेपाल ल्याउन पहल गरिने क्यानका उपाध्यक्ष सिंहले विश्वस्त पारेका छन् । 

    साथै उनले मुम्बईको वाङखडे स्टेडियममा नेपाली समर्थकको उत्साहजनक उपस्थितिले नेपालको क्रिकेट विकासमा मद्दत पुग्ने विश्वास गरेका छन् । उनले नेपाली समर्थकको उपस्थितिबारे आइसिसी र एसिसीले राम्रोसँग मूल्याङ्कन गर्ने बताएका छन् । साथै इङ्ल्यान्डविरुद्ध नेपाली खेलाडीको प्रदर्शनप्रति पनि आइसिसीका पदाधिकारीले प्रंशसा गरेको उनी बताउँछन् ।

    यसले गर्दा नेपालमा क्रिकेट विकासमा सहयोग पुग्ने उनको आशा छ । साथै विश्वको ठूलो फ्रेन्चाइज क्रिकेटमा पनि नेपाली खेलाडीले अवसर पाउने क्यानका उपाध्यक्षको विश्वास छ । 

    क्यानका उपाध्यक्ष रोशन सिंहले जारी विश्वकपमा नेपाल सुपर आठसम्म पुग्नेसके नेपाली क्रिकेटको विकास ठूलो फड्को मार्ने बताउँछन् । उनले नेपाली टोलीमा क्षमता पनि रहेको उल्लेख गरे । नेपालको समूह ‘सी’ को दुई पल्टको च्याम्पियन इङ्ल्याण्ड र वेस्ट इण्डिजसँगै इटाली र स्कटल्याण्ड छन् । नेपालले बिहीबार दोस्रो खेलमा इटालीसँग खेल्दैछ ।