२०८२, फाल्गुण ४ गते

Feb 16 2026 | २०८२, फाल्गुण ४ गते

वडाकपको विजेता र उपविजेतालाई पुरस्कार प्रदान

सोमवार , फाल्गुण ४, २०८२

  • 172
    Shares
  • 172
    Shares
  • भैरहवा, ४ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ६ नम्बर वडा कार्यालयद्वारा आयोजित तेस्रो वडाकप टेनिसबल क्रिकेट प्रतियोगिता–२०८२ को विजेता र उपविजेता टीमलाई वडा सदस्य अनिल कुमार के.सी.ले पुरस्कार प्रदान गर्नुभएको छ ।

    गत माघ २९ गते भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा आयोजित प्रतियोगिताको विजेता पिरामिड ११ लाई नगद ३ हजार र उपविजेता गल्लामण्डी लायन्सलाई २ हजार रुपैयाँ प्रदान गरेको वडा सदस्य के.सी.ले बताउनुभयो । 

    वडा कार्यालयले विजेता र उपविजेता टीमलाई पुरस्कार प्रदान गरिसकेको र खेलाडीहरुलाई थप हौसला प्रदान गर्न आइतबार व्यक्तिगत रुपमा पुरस्कार प्रदान गरेको उहाँले बताउनुभयो । वडा सदस्य के.सी.का अनुसार प्रतियोगितामा ६ वटा टीमको सहभागीता थियो ।

    WhatsApp Image 2026-02-15 at 8.41.22 PM.jpeg