२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

रुपन्देहीमा निषेधाज्ञाको अवज्ञा गर्ने एकजना पक्राउ

सोमवार , बैशाख २०, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, २० वैशाख ।
    रुपन्देहीमा निषेधाज्ञाको अवज्ञा गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले वैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्ने चितवनको राप्ती नगरपालिका–४ घर भइ हाल सिद्धार्थनगर नगरपालिका–४ बस्ने ३४ वर्षिय मोहन श्याम वलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    निषेधाज्ञाको पालना गराउन खटिएको प्रहरी टोलीले सम्झाई बुझाई गर्दा प्रहरी अधिकृत समेतको टोलीलाई डिउटीमा बाधा अवरोध पुर्याउने वलीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए । 

    प्रशासन कार्यालय पठाइएका वलीलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम एक महिना कैद वा सो बराबरको जरिवाना अनुरुप रु. ९ हजार १ सय जरिवाना लिई छाडिएको डीएसपी थापाले जानकारी दिए ।