२०८२, फाल्गुण ५ गते

Feb 17 2026 | २०८२, फाल्गुण ५ गते

पाकिस्तानको खैबर पख्तुनख्वामा विष्फोटः दुईको मृत्यु, १२ घाइते

मंगलवार , फाल्गुण ५, २०८२

  • 115
    Shares
  • 115
    Shares
  • काठमाडौं, ५ फागुन । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा सोमवार भएको विष्फोटमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।

    अन्य १२ जना घाइते भएका छन् । स्थानीय अधिकारीकाअनुसार यो विष्फोट बन्नु जिल्लाको मिरियान पुलिस स्टेशनको मुख्य गेट अगाडि बिहान १० बजे भएको थियो ।

    सुरक्षा बल र उद्धार टोलीहरू घटनास्थलमा पुगेका थिए र घाइतेहरूलाई नजिकैको अस्पतालमा पु¥याइएको छ । जसमा केहीको अवस्था चिन्ताजनक छ । प्रहरीले विष्फोटको प्रकृतिबारे अनुसन्धान भइरहेको जनाएको छ ।

    खैबर पख्तुनख्वाका गभर्नर फैसल करिम कुन्डीले विष्फोटको निन्दा गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।