२०८२, फाल्गुण ६ गते

Feb 18 2026 | २०८२, फाल्गुण ६ गते

देशभर हर्षोल्लासका साथ ग्याल्पो ल्होसार मनाइँदै

बुधवार , फाल्गुण ६, २०८२

  • 118
    Shares
  • 118
    Shares
  • काठमाडौं, ६ फागुन । हिमाली समुदायमा विशेष गरी शेर्पा जातिले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार आज देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

     
    यस वर्ष २१५१ औं ग्याल्पो ल्होसार (काठ ड्रागन वर्ष) मनाइएको हो । काठमाडौंको बौद्ध, स्वयम्भू र देशका विभिन्न हिमाली जिल्लाहरूमा रहेका गुम्बाहरूमा बिहानैदेखि पूजापाठ र विशेष कार्यक्रमहरू आयोजना गरिएका थिए ।

    शेर्पा समुदायले नयाँ लुगा लगाउने, खाप्से र ग्याथुक जस्ता परम्परागत परिकारहरू खाने र एकापसमा शुभकामना आदानप्रदान गरेर यो पर्व मनाएका छन् ।

    यस अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा समेत दिएको थियो । राष्ट्रपति र प्रधानमन्त्रीले समेत सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना सन्देश जारी गरेका छन्