२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

पूर्वमन्त्री प्रकाश चित्रकारको निधन

सोमवार , बैशाख २०, २०७८

भैरहवा, २० वैशाख ।
पूर्व भूमिसुधार सहायक मन्त्री प्रकाश चित्रकारको निधन भएको छ । उनको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) मा उपचारको क्रममा मृत्यु भएको हो । निमोनिया, ज्वरो, वान्ता हुने, रुघाखोकी जस्ता स्वास्थ्य सम्बन्धि समस्या देखिएपछि वैशाख १७ गते पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पतालमा भर्ना भएका ७२ वर्षिय चित्रकारको सोमबार बिहान ७ः५० बजे मृत्यु भएको युसीएमएसका जनसम्पर्क अधिकृत सुशिल गुरुङले बताए ।

चित्रकार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ मा बस्दै आएका थिए । स्व. चित्रकारका एक छोरा, एक छोरी र श्रीमती छन् । उनको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको रुपन्देही नागरिक समाजका वरिष्ठ उपाध्यक्ष श्रीराम गुप्ताले बताए । रुपन्देही नागरिक समाजको संस्थापक संरक्षक समेत रहेका चित्रकारको निधनप्रति दुःख व्यक्त गर्दै गुप्ताले भने, ‘उहाँको क्रियाशिलता र इमान्दारिताबाट अरुले पाठ सिक्न जरुरी छ ।’