२०८२, भाद्र २८ गते

Sep 13 2025 | २०८२, भाद्र २८ गते

सुर्य चिन्ह लिएर निर्वाचित सांसदहरुको ओहोरदोहोर

सोमवार , बैशाख २०, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • बुटवल, २० वैशाख । 
    सूर्य चिन्ह लिएर निर्वाचित लुम्बिनी प्रदेशसभाका दुई जना सांसदहरुको ओहोरदोहोर जारी छ । हिजो एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री बनाइकोमा असहमति जनाउँदै राजीनामा दिएको घोषणा गरेका दुवै जना आज पुनः एमालेमा लागेका छन् ।

    कपिलवस्तु–२ ‘ख’ बाट निर्वाचित धर्मबहादुर लाल श्रीवास्तव र नवलपरासी पश्चिम १ ‘ख’बाट निर्वाचित अजय शाहीले सोमवार विज्ञप्तिमार्फत आफूहरुको समर्थन नेकपा एमाले र मुख्यमन्त्री शंकर पोखरेललाई रहेको प्रष्ट पारेका छन् । स्वतन्त्र सांसद भए पनि सुर्य चिन्ह लिएर निर्वाचित भएकोले आफूहरू एमाले संसदीय दलमै प्रतिबद्ध रहने पनि उनीहरुले बताएका छन् । 

    हिजो मुख्यमन्त्री नेकपा एमाले र शंकर पोखरेलविरुद्ध राती १० बजेसम्म क्रियाशील रहेका उनीहरु आज एकाएक एमाले र पोखरेलको समर्थक बनेका हुन ।। यसअघि नयाँ मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनः नियुक्ति र वर्तमान राजनैतिक अवस्थाप्रति असहमती जनाउँदै उनीहरुले राजीनामा दिएको बताएका थिए । 179591877_915634938996686_1146080500599225222_n.jpg