२०८२, फाल्गुण १० गते

Feb 22 2026 | २०८२, फाल्गुण १० गते

सिँचाईको पूर्वाधार विकासमा विशेष जोड दिन्छु : हिरा खत्री

आइतवार , फाल्गुण १०, २०८२

  • 154
    Shares
  • 154
    Shares
  •  
    देवदह, १० फागुन । नेपाली कांग्रेसबाट रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हिरा बहादुर खत्रीले किसानका मुद्दालाई सम्बोधन गर्नका लागि सिँचाइको पूर्वाधार विकासमा विशेष जोड दिने बताउनुभएको छ । उहाँले क्षेत्र नम्बर १ का धेरैजसो क्षेत्रहरु आकाशे पानीका भरमा निर्भर रहेका कृषियोग्य जमिनमा सिँचाईको सुविधा बढाउनका लागि मुख्य एजेण्डा बनाएर नीतिगत पहल गर्ने बताउनुभयो । 

    रोहिणी गाउँपालिकाका विभिन्न वडाहरुमा शनिबार घरदैलो तथा भेटघाटका क्रममा किसानका गुनासा सुन्दै उहाँले खडेरीका समयमा कृषि उत्पादन घट्ने क्षेत्रमा सिँचाइको सुविधा बढाउने गरी काम गर्ने बताउनुभएको हो । आफूसँग भेट भएका किसानले सिँचाईको अभावमा वर्षायाममा पनि खेतहरु बन्जर बन्ने गरेको गुनासो उल्लेख गर्दै खत्रीले ती गुनासा सुन्दै सिँचाइका लागि पहल गर्ने र गम्भिर भएर सरकारसँग कुरा उठाउने विश्वास व्यक्त गर्नुभयो ।
     
    रोहिणी गाउँपालिकाका ४, ५ र ६ वडाका विभिन्न टोलहरुमा शनिबार भएको घरदैलोमा त्यहाँका किसानले सिचाई, उन्नत बिउविजन, मलखाद, कृषि उत्पादनको भण्डारणलगायतका आवश्यकताहरुलाई उम्मेदवार खत्रीका बीचमा राखेको निर्वाचन परिचालन संयोजक हरि काफ्लेले जानकारी दिनुभयो । 

    सो क्रममा उम्मेदवार खत्रीले यसअघि नै जलासयसहित रोहिणी सिंचाई बाँधको प्रस्तावलाई अगाडि सारेको स्मरण गर्दै यस क्षेत्रलाई सिंचाई र जल पर्यटनको हब बनाउन सकिने गरी योजनालाई अगाडी बढाएको बताउनुभयो । उहाँले रोहिणीसँगै ओमसतिया, देवदह, तिलोत्तमा पालिकाका विभिन्न क्षेत्रमा सिंचाई सुविधा पुर्याउनका लागि योजनाबद्ध तरिकाले काम गर्ने बताउनुभयो । उम्मेद्वार खत्री क्षेत्र नम्बर १ का विभिन्न पालिकामा दैनिकजसो घरदैलो र भेटघाट गर्दै आम नागरिकका गुनासा र सुझाव संकलन गर्नुभएको क्षेत्रीय सचिव विजय गुरुङले जानकारी दिनुभयो ।