२०८२, भाद्र २८ गते

Sep 13 2025 | २०८२, भाद्र २८ गते

 ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार–२०२०’ पौडेललाई

सोमवार , बैशाख २०, २०७८

  • 5.6K
    Shares
  • 5.6K
    Shares
  • बुटवल, २० वैशाख ।
    सामाजिक सेवामा समर्पित हुँदै आएको रुपन्देहीको तिलोत्तमास्थित रोटरी क्लब अफ रुपन्देहीले सन् २०२० को ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार–२०२०’ बाट पत्रकार सञ्जु पौडेललाई पुरस्कृत गरिने भएको छ ।

    क्लबका अध्यक्ष गौतम भुसालले आफ्ना स्वर्गीय हजुरबुवा–हजुरआमाको स्मृतिमा यसै वर्ष (सन् (२०२०/२१) बाट स्थापित पुरस्कारबाट पौडेललाई पुरस्कृत गरिने क्लबका अध्यक्ष भुसालले बताए । उनले भने, ‘म आफै पनि १० वर्षदेखि सञ्चार क्षेत्रमा काम गरिरहेको छु, हरेक संघ–सस्थाका क्रियाकलापलाई पत्रकारले बजारमा ल्याउने भएकोले यो पुरस्कार स्थापना गरेको हुँ, मेरो कार्यकालमा स्थापना गर्ने लक्ष्य थियो, आगामी वर्षमा पनि निरन्तर अगाडि बढ्नेछ ।’

    रुपन्देहीमा रहेर सामाजिक क्षेत्रमा सक्रिय रुपमा कलम चलाउने पत्रकारलाई सम्मान गर्ने उद्देश्यले स्थापित यस पुरस्कार पत्रकारिताबाट समाज परिवर्तन र विकासमा पुर्याएको योग्दानको उच्च मूल्यांकन गर्दै नगद रु ५ हजार ५ सय ५५ ,सम्मान–पत्र र दोसल्ला ओढाएर पुरस्कृत तथा सम्मान गरिने पुरस्कार छनोट समिति संयोजक विष्णु पौडेलले जानकारी दिए ।

    हरेक वर्ष ‘विश्व स्वतन्त्र पत्रकारिता दिवस’को अवसरमा प्रदान गरिने यस पुरस्कार यस वर्ष भने कोरोना संक्रमणका कारण सिर्जित निषेधाज्ञा र असहज परिस्थितिका कारण अर्को सूचनापछि प्रदान गरिने क्लब अध्यक्ष भुसालले जानकारी दिए । पौडेल कान्तिपुर दैनिक रुपन्देही सम्वाददाता हुन् ।