२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

भीम अस्पताललाई अक्सिजन सिलिण्डर र फ्लोमिटर प्रदान

सोमवार , बैशाख २०, २०७८

  • 5.1K
    Shares
  • 5.1K
    Shares
  • भैरहवा, २० वैशाख । 
    सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही, उद्योग व्यापार संगठन रुपन्देही, जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुपन्देही, दर्शन सहकारी तथा किसान सहकारीले भैरहवास्थित भीम अस्पताललाई ५० थान अक्सिजन सिलिण्डर र ५० थान फ्लोमिटर प्रदान गरेको छ ।

    संघ र संगठनले २५/२५ थान अक्सिजन सिलिण्डर, जनउत्थान साकोसले ३० थान तथा दर्शन र किसान सहकारीले १०/१० थान फ्लोमिटर प्रदान गरेको उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए । अस्पतालमा कोरोना संक्रमित विरामीको उपचारको लागि थप ५० बेड सञ्चालन गर्न केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले अस्पताल प्रशासनलाई सोमबार अक्सिजन सिलिण्डर र फ्लोमिटर हस्तान्तरण गरिएको भण्डारीले जानकारी दिए ।

    हस्तान्तरण कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, संघका उपाध्यक्ष अरुण कुमार गोयनका, भीम अस्पताल विकास समितिका पूर्व अध्यक्ष हितराज पन्थी, आनन्द प्रसाद गुप्ता, उद्योग व्यापार संगठनका महासचिव अनिल कुमार ज्ञवाली, कोषाध्यक्ष सचिन रोक्का, भीम अस्पतालका डाक्टर आरिफ हुसेन, जनउत्थान साकोसका व्यवस्थापक रनबहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।180788254_4133176830083233_1783906555984755986_n.jpg